आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

२०८२ जेष्ठ २२ गते, बुधबार

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले १९८२ मा प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि हिंसाबाट प्रेरित भएर यस दिवस मनाउने निर्णय गरेको हो।
यस दिवसको उद्देश्य बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक पीडालाई सम्बोधन गरी तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो।
सन् २०१५ मा पारित दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि हिंसा र शोषण विरुद्ध कठोर कदम चाल्ने लक्ष्य निर्धारण गरेको छ।
२१ जेठ, काठमाडौं । आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो ।
यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो । बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ ।
आज पनि विश्वका कैयौं बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन् । सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य १६.२ अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुर्व्यवहार विरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ । -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार

आज विश्व वातावरण दिवस

२०८२ जेष्ठ २३ गते, बिहीबार

आज चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ जेष्ठ २३ गते, बिहीबार