ट्रम्पद्वारा स्टिल र अल्मनियममा ५० प्रतिशत कर वृद्धि

२०८२ जेष्ठ २२ गते, बुधबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै स्टिल र अल्मनियममा लगाउने आयात कर बढाएर ५० प्रतिशत बनाएका छन्। मार्च यता दोस्रो पटक कर लगाइपछि क्यानको खाद्यान्नदेखि कारसम्मको मूल्य बढ्ने अनुमान गरिएको छ। ट्रम्पले बुधबारदेखि नै लागु हुने गरी यो निर्णयमा हस्ताक्षर गरेका हुन्।
आलोचकले यसले अमेरिकाका धातुबाट बन्ने सामग्रीको मूल्य धेरै वृद्धि हुने बताइएको छ। धेरै व्यापारीले आफ्नो व्यवसायमा नै धरमराउने सम्भावना देखेर चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको चासो धातुजन्य सामग्री छाडेर कागज या प्लास्टिकको विकल्प रोज्न थालेका छन्। यसले आफ्नो व्यवसायमा पर्ने समस्याप्रति उनीहरुको चिन्ता छ। युरोपेली युनियनपछि सबै भन्दा धेरै स्टिल अमेरिकामा आयात हुन्छ। धेरै स्टिल क्यानडा, ब्राजिल, मेक्सिको र दक्षिण कोरियाबाट जाने गरेका छन्।
यसैबीच , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा एलन मस्कले आवाज उठाएका छन्। निर्वाचन अभियानदेखि केही दिन अघिसम्म निकट सहयोगी रहेका अर्बपति मस्क नै अहिले ट्रम्पको विरुद्धमा आवाज उठाउन थालेका हुन्।
राष्ट्रपति ट्रम्पको कर र खर्चका लागि प्रस्तुत गरेको विधेयकलाई मस्कले घिनलाग्दो र घृणित कामको संज्ञा दिएका छन्।
सो ऐनमा धेरै ट्रिलियन कर छुट तथा खर्चको अधिकार दिइएको छ। रक्षाका धेरै खर्च गर्न छुट दिइएको छ भने सरकारले धेरै रकम माग्न पनि सक्छ। मे महिनामा यो विधेयक पारित भएको हो। मस्कले सामाजिक सञ्जालमा लेख्दै यसमा मतदान गर्न पनि शरम लाग्नु पर्ने कुरा उल्लेख गरेका छन्। १२९ दिन डोगको रूपमा खर्च कटौती निकायमा रहेका उनले गत साता ट्रम्प प्रशासन छाडेका थिए। ट्रम्प प्रशासन छाडेपछि उनले पहिलो पटक यसरी आलोचना गरेका हुन्। मे ३१ मा ट्रम्प प्रशासनबाट बिदा भएका दक्षिण अफ्रिकामा जन्मिएका बिलियिनर मस्कले राम्रो काममा भने सधैँ साथ दिने बताएका थिए। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु