अमेरिकामा चार नेपाली मृत भेटिए

२०८२ जेष्ठ २५ गते, शनिबार


काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित म्यानासस पार्कमा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन् । गएराति बिहीबार करिब १०:४० बजे म्यानासस पार्कस्थित लाने लेनमा रहेको एक घरमा चार जना मृत अवस्थामा भेटिएका हुन्। मृतकहरूमा २ वर्षिय बालक, ८ वर्षिया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ रहेका छन्। उनीहरुको नेपाली ठेगाना यकिन भइसकेको छैन । घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको छ। प्रहरीले यो घटनालाई हत्यापछिको आत्महत्या भनेको छ।
सबै शवलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ। स्थगानीय टेलिभिजनसँगको कुराकानीमा छिमेकीले करिब ६ महिनाअघि मात्र उनीहरु सो बस्तीमा बसिई सरेको बताएका छन् । प्रहरीले थप अनुस्न्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु