ट्रम्प र मस्कको सम्बन्ध अन्त्य !

काठमाडौँ । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति तथा टेस्ला कम्पनीका मालिक एलन मस्कसँगको सम्बन्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गरेका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले मस्कसँग अब कुनै प्रकारको सम्बन्ध नरहको बताएका हुन् ।
अन्तर्वार्तामा ट्रम्पलाई सोधिएको थियो–मस्कसँगको सम्बन्ध समाप्त भएकै हो रु जबाफमा ट्रम्पले संक्षिप्त उत्तर दिए, ‘हो ।’ ट्रम्पलाई फेरि सोधियो–के तपाईं बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ रु उनले फेरि संक्षिप्तमा भने, ‘अहँ।’
ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो। टेक व्यवसायी मस्क, जसले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए, ले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि यो विवाद त्यसपछि चर्किएको हो ।
उक्त विधेयक ट्रम्पको प्रमुख घरेलु नीतिमा पर्छ। अधिकांश रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै जङ्गी शैलीमा उत्रिएको बताउँदै अब मस्कलाई पार्टीमा स्वागत नगरिने बताएका छन्।
भान्सले पोडकास्टर थियो भोनसँग भने, ‘ट्रम्पको बिग ब्युटिफुल बिलको आलोचना गर्नु मस्कको ठुलो गल्ती थियो।’
केही सातादेखि मस्कले सो विधेयकको आलोचना गर्दै आएका थिए । उनको भनाइमा यो विधेयक पारित भएमा राष्ट्रिय घाटामा खरबौं डलर थपिनेछ र सरकारी खर्च कटौती गर्ने उद्देश्यले उनले नेतृत्व गरेको विभाग, डिपार्टमेन्ट अफ गर्भनमेन्ट एफिसिएन्सी ९डज० को प्रयासलाई कमजोर पार्नेछ।
डजबाट १२९ दिनपछि बाहिरिएका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा उक्त विधेयकलाई घिनलाग्दो र विकृत भनेका थिए । तर त्यो बेला उनले ट्रम्पलाई प्रत्यक्षरूपमा आलोचना गरेका थिएनन्। तर बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारप्रति निराश छु।’
त्यसपछि मस्कले एक्समा थुप्रै पोस्ट गर्दै आफू नहुँदो हो त ट्रम्पले चुनाव जित्न नसक्ने पनि भनेका थिए। साथै, उनले ट्रम्पलाई यौन तस्करी आरोपमा जेलमा नै रहेका बेला मरेका विवादास्पद व्यापारी जेफ्री एपस्टीनसँग जोडिएको आरोपसमेत लगाए। त्यो पोस्टपछि हटाइयो, र एपस्टीनका वकिलले पनि मस्कका आरोपहरू अस्वीकार गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा मस्क पागल भएको भन्दै प्रतिक्रिया दिएका छन्। एउटा पोस्टमा उनले मस्कका संघीय सरकारसँगका ठेक्काहरू कटौती गर्ने चेतावनीसमेत दिएका छन्।
अन्तर्वार्तामा ट्रम्पले मस्कले राष्ट्रपतिको कार्यालयप्रति सम्मान नदेखाएको पनि आरोप लगाएका छन्। उनले भने- ‘मलाई लाग्छ यो निकै नराम्रो कुरा हो, किनकि उनले राष्ट्रपतिको कार्यालयप्रति निकै असम्मानजनक व्यवहार गरेका छन्। तपाईं राष्ट्रपतिको कार्यालयप्रति असम्मान गर्न सक्नुहुन्न। ‘