सुनचाँदी व्यवसायीद्वारा विरोध प्रदर्शन

२०८२ जेष्ठ २६ गते, आईतवार


काठमाडौँ । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ । उनीहरुले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता कर फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।
सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मानिकरत्न शाक्यले बताए ।
बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ । उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौ, उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]