भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६,१३३ पुगेको छ। भारतको स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० सम्म सक्रिय केस २,७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो।
हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित रिपोर्ट भइरहेका छन्, र प्रत्येक दिन ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
भारतमा चार नयाँ भेरियन्टहरू फेला परेका छन्। आईसीएमआर निर्देशक डा. राजीव बहलले दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन्। बाँकी ठाउँहरूबाट नमूनाहरू सङ्कलन गरिँदैछ र नयाँ भेरियन्टहरू जाँच हुने क्रममा रहेको छ। यद्यपि डाक्टरहरु केसहरू धेरै गम्भीर नरहेको र मानिसहरूले चिन्ता गर्नु नपर्ने तर सावधानी अपनाउन आग्रह गरेका छन् । – एजेन्सी