केही राजीतिक जिज्ञासाका विषयहरु
१. माओवादी एकता बारे ः
यति बेला पूर्व माओवादी घटकहरु बीच माओवादी एकताको चर्चा चलेको छ । अलिअलि नेकपा (एस), एमाले, काँग्रेस निकटका नेता, कार्यकर्तामा पनि जिज्ञासाहरु छन् । यस बारे माकेभित्रका कार्यकर्तामा पनि ठूलो संख्यामा पार्टी एकता प्रक्रिया कहाँ पुग्यो, छिटो गर्नु प¥यो, भन्नेहरु छ्न् । हाम्रो पार्टीमा पनि पार्टीसंग प्रत्यक्ष कटेका केही कार्यकर्ता र समर्थक शुभचितक पंक्तिमा यी जिज्ञासाहरु छन् । यसका सकारात्मक र नकारात्मक दुबै पक्षहरु छन् । सकारात्मक भनेको – ‘पार्टी एकता भए कम्युनिस्टहरु बलियो हुने थिए र, अरुले हेप्दैनथे । क्रान्तिकारी शक्ति बलियो हुुन्थ्यो र अलि छिटो क्रान्ति सफल हुन्थ्यो !’ भन्ने छ । नकारात्मक भनेको – एकथरिमा ‘माओवादी एकताले हामी कमजोर हुन्छौं कि भन्ने छ । दोस्रो थरिमा, हामी प्रचण्डको पुच्छर भएर सिद्धिने पो हो कि, कतै नेकपाको स्वतन्त्र धार नै खतम पो हुने हो कि भन्ने छ । जनतामा ‘एउटा आशा गरेको पार्टी विप्लव पार्टी थियो, यो पनि प्रचण्ड कै पछि लागेर सिद्धिने त होइन !’ भन्ने छ । जे होस पार्टी एकता बारे चर्चा परिचर्चा चल्नुलाई सकारात्मक ठान्नु पर्छ ।
‘पार्टी एकता’ सबैको मन छुने लोकप्रिय नारा पनि हो । तर एकता नारा मात्र नभएर एउटा अनिवार्य नियम पनि हो । एकता सबैलाई प्रिय लाग्छ । फुट र विभाजन कसैलाई मन पर्दैैन । तर सधैं फुुटी रहछ्न् !! किन ? किन कि यसका केही सैद्धान्तिक, केही बैचारिक, केही व्यहारिक र केही ऐतिहासिक पक्षहरु छन् । यसका कारण नबुझिकन ‘एकता र फुट’ को द्वन्दवादलाई बुझ्न सकिदैन ।
“पार्टी एकता हुन्छ”, भन्दा मीठो लाग्ने, मुहारमा मुस्कान छाउने र “अहिले हुँदैन” भन्दा नमीठो लाग्ने र निधार खुम्च्याउने गरिन्छ । सत्य तीतो हुन्छ तर औषधि हुन्छ, भन्छन् । गुलियो मीठो हुन्छ तर रोग निम्त्याउँछ, भन्छन् तर पनि सबैले तीतोभन्दा गुलियो नै मन पराउँछन् । एकता गर्नु पर्छ, यो राम्रो पक्ष हो तर सबै एकताहरु सुखद पनि हुँदैनन् । पार्टीहरु फुटी रहन्छन् यो दुखद पक्ष हो तर सबै फूटहरु दुखद मात्र पनि हुँदैनन्, सुखद र आवश्यक पनि हुन्छन् । यसलाई द्वन्द्वात्मक दृष्टिले हेर्नुपर्छ ।
पार्टीहरु किन फुटछन् र किन जुट्छन् ? यसका दुई कारण छन् – एक बस्तुगत कारण र दोस्रो आत्मगत कारण । यसलाई बाहिय र आन्तरिक कारण पनि भनिन्छ । बाहिय वा बस्तुगत कारणमा राजनीतिक, कुटनीति, षड्यन्त्र र स्वार्थहरु अन्तरनिहित हुन्छन् । आन्तरिक कारणमा वैचारिक, साँगठनिक, आर्थिक, पद, प्रतिस्था र व्यक्तिगत स्वार्थहरु अन्तरनिहित हुन्छन् । यी असन्तुष्टीमा व्यक्त हुँदै अन्तरसंघर्ष, दुई लाइन संघर्ष हुँदै फूटसम्म पुग्दछन् । पार्टीमा कोही सर्थसहित आएका हुन्छन् त्यो पूरा नहुने देखेपछि पार्टी फूटको नाममा अलगिन्छन्, भाग्छन् । केही त्यो बाटोबाट लक्षमा पुग्न नसकिने देखेपछि र लाइन नै गलत देखेपछि अलगिन्छन्, विद्रोह गर्छन् र अर्को पार्टी बनाउँछन् । तर सबैले यी सबै फूटहरुलाई सोलोडोलोमा एउटै आँखाले र एकै दृष्टिकोणले हेरिरहेका हुन्छन् । नेकआमा यसले ठूलो भ्रम पैदा भइरहेको छ । वास्तवमा सबै फुटहरु गलत पनि हुँदैनन् र सवै सहि पनि हुँदैनन् । कुनै बेला फुटले विद्रोहको रुप लिन्छ । कुनै बेलाका फुटहरु गलत तत्वहरु, भगौडाहरुको भगाईको रुपमा व्यक्त हुन्छन् । यी समय र परिस्थिति अनुसार ठिक र बेठिकमा व्यक्त हुन्छन् ।
माओवादी पार्टीभित्र ६५ पछि निकै गंभीर छलफल र लाईन संघर्ष चल्यो तर यो नेतृत्वबाट लक्षमा पुग्न नसकिने र चिज अगाडि बढ्न नसक्ने देखेपछि माओवादीबाट नेकपा अलगिएको सत्य हो । यो फुट विद्रोह थियो । जुन कुरा अहिले पुष्टि पनि भएको छ । माओवादी फुटका पछाडि एक साम्राज्यवादी षड्यन्त्र थियो । दोस्रो पार्टीभित्र मुख्य न.लीडरशीपमा आएको विचलन, अकर्मण्यता र केही सैद्धान्तिक समस्याहरु थिए । फुटको मुख्य कारण आन्तरिक नै थियो ।
एकता र फटको द्वन्दवादमा एकता फुट पनि हो र फुट एकता पनि हो । फुट किन एकता हो भने फुट्दा विचार मिल्नेहरुको एकता कायम हुन गएको हुन्छ र विचार नमिल्नेहरु अलगिन्छन् । सुदर्शनहरु फुट भनेर अलगिए र त्यो फुट किरणसंग एकतामा परिनत भयो । यो एकातिर विचार नमिल्नेसंगको फुट हो भने अर्कोतिर विचार मिल्नेहरुको बीचको एकता पनि हो । त्यसैले एकता फूटमा र फूट एकतामा पनि प्रकट हुन्छन् । प्रचण्डसंगको फुट विचारमा नमिल्नेहरुसंगको फुुट र विचार मिल्नेहरु बीचको एकता पनि हो । अहिलेको एकताको हल्ला पनि विचार मिल्नेहरु बीचको एकताको प्रश्न नै हो । मान्छे र उसको विचार पनि रुपान्तरित हुन्छन् । रुपान्तरित अवस्थामा एकता हुुन्छ, पुरानै अवस्थामा छ र रुपामान्तर भएको छैन भने एकता हुँदैन । हामीले भनेको रुपान्तरसहितको एकता हो ।
अहिले परिस्थितलिे थोरै कोल्टे फेरेको छ । कम्युनिस्ट एकता आजको आवश्यकता जस्तो बन्न आएको छ । यो बदलिएको परिस्थितिलाई आत्मसात गर्दै नेकपाले कम्युनिस्ट एकता अभियानलाई तीब्र बनाएको छ । नेकपा सबै पार्टीसंग छलफल र अन्तरक्रियामै छ । ‘विचार मिल्नेसंग पार्टी एकता, मुद्दा मिल्नेसंग संयुक्त मोर्चा’को नीति अन्तर्गत ‘एकता र ध्रुवीकरण’ अभियान निरन्तर जारी छ । केही महत्वपूर्ण एकताहरु पनि भएका छन् र साना–ठूला ध्रुवीकरणहरु त दैनिकजसो भई नै रहेका छन् ।
हामीलाई दुई परिस्थितिले माओवादीसंग नजिक्याएको हो । पहिलो ‘नेपालमा साम्राज्यवादको आगमन र कम्युनिस्टहरुलाई सिध्याउने साम्राज्यवादी षड्यन्त्र’ । त्यसका लागि कम्युनिस्ट एकाता आजको आवश्यकता बन्न आएको छ । दोस्रो, ‘नेपाली क्रान्ति र परिवर्तनका लागि कम्युनिस्टहरुको एकता आजको आवश्यकता’ भएको हाम्रो निष्कर्ष छ । यी दुई परिवेशले पार्टीलाई “विचार मिल्नेसंग पार्टी एकता गर्ने” र “मुद्दा मिल्नेसंग मोर्चा बनाउने” नीति बनाउनु पर्ने ठाउँमा ल्यायो । नेपालमा साम्राज्यवाद सिधै आएको सन्र्भमा साम्राज्यवाद मुख्य दुश्मन बन्न आइपुगेको र सबै कम्युनिस्ष्टहरु मित्र शक्ति हुन्, भन्ने निष्कर्षमा नेकपा आयो । यसले नेकपालाई माओवादीसंग नजिक बनाएको हो । तथापि माओवादी मात्र होइन सबै कम्युनिस्ष्टहरुसंग मित्रवत सम्बन्ध कायम गरेर नेपाली क्रान्ति र परिवर्तनको आन्दोलनलाई नयाँ ढंगले नेतृत्व गर्ने ऐतिहासिक अभिभारा नेकपाको काँधमा आइपुगेको नेकपाको निष्कर्ष छ । यति हुँदाहुँदै पनि नेकपाले हिजोका माओवादी घटकहरु नै अहिले सवभन्दा नजिकको मित्रशक्ति घोषणा गर्दै पार्टी एकताको लागि तयार रहेको घोषणा समेत ग¥यो । तर माओवादी केन्द्रका लीडरशीपले यसलाई नेकपाको कमजोरी ठान्ने र आफ्नो कार्यनीतिक स्वार्थ पूरा गर्ने अर्थमा पार्टी एकतालाई अत्यन्त हुचुवा र हल्का ढंगले लियो । यसलाई गंभीरतापूर्वक लिएन । विप्लव, किरणहरु र अन्य माओवादी घटकहरु किन फुटेर गए ? यसको कारण खोज नगरेर खाली ‘पद र कुर्ची नपाएर गएको, अहिले नसकेर पार्टी एकतामा आउन खोजेको’ जस्ता गैरजिम्मेवारी र विना गाम्भीर्यता र सोचविचार सोलोडोलो झ्याम्मै एकता गर्ने कुरा एकताको सिद्धान्त बाहिर छ । हामीले ‘रुपान्तरणसहितको एकता’मा जोड दिएका छौं । एकतालाई माओवादी साथीहरु कसरी बुझेका छन् यो वहाँहरुको दृष्टिकोण र बुझाईको प्रश्न हो । विचार मिल्यो भने एकता प्रक्रिया अगाडि बढ्छ । कम्युनिस्ष्टहरुको एकताको पहिलो आधार विचारमा एकता हो । विचारमा एक भयो भने राजनीतिक कार्यदिशा र संगठनमा पनि एकता प्रक्रिया अघि बढ्छ । अहिले यी प्रक्रियाहरुमा औपचारिक छलफल शुरु गरिएको छैन, मात्र अनौपचारिक र मौखिक छलफलको बाहिय पक्ष सकारात्मक छ । अहिले यो भन्दा बढी या घटी गरेर भनिने र गरिने कुराहरु हल्ला मात्र हुन् ।
एकताका दुई पक्ष हुन्छन् । (१) सैद्धान्तिक पक्ष (२) व्यवहारिक पक्ष ।
सैद्धान्तिक पक्षमा पार्टी मिल्नु पर्छ भन्नेमा सायदै कसैको विमति छैन र हुँदैन । तर जव व्यवहारिक पक्षमा पसिन्छ, त्यहाँ कुरा मिल्दैन । कम्युनिस्टहरु यसैमा फूटीरहेका हुन्छन् । व्यवहारिक पक्ष भनेको कार्यनीतिक विषय हो । कम्यनिस्टहरु नमिलेको रणनीतिमा होइन, कार्यनीतिमा हो । काठ्माण्डौं पुग्ने कुरामा मिल्छ तर कसरी जाने र कहिले जाने ? भन्ने कुरामा मिल्दैन । गन्तव्य अर्थात उद्देश्य र लक्ष मिले पनि साधन र समय (त्ष्mष्लन) मिलेन भने एकता अर्थात संगै जाने कुरा हराउँछ । अहिलेको माओवादी घटकहरु बीचको समस्या पनि यहि वरिपरि छ । यसको कारण एक क्रातिप्रति गंभीर नहुनु दोस्रो, व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनु, तेस्रो, कम्युनिस्ट नेताहरुमा रहेको अहंकार, घमण्ड हो, जसले एकले अर्कोलाई सकार्न नसक्नु, आफैलाई सर्वोपरि स्थानमा राख्नु, चौथो, संकीर्णता । आफ्नै कुवालाई संसार ठान्ने चिन्तन । पाचौं इमान्दार नहुनु, षड्यन्त्र, छलकपट गर्नु । यी ५ गलत चिन्तन प्रबृत्तिले एकतामा भाँजो हालिरहेको छ । यी चीजहरुलाई त्यागेर मुलुकको भविष्यप्रति र जनताप्रति जिम्मेवार बोध गर्ने हो भने कम्युनिस्ट एकता जतिखेर पनि हुन्छ । सायद माओवादीहरुभित्र पनि धेर थोर यसको प्रभाव छ ।
अरुको जस्तै माओवादीहरु पनि सत्ताको नजिक पुगेपछि विभाजित भयौं । यसले केही भ्रम सिर्जना ग¥यो । पदकै लागि फुटेको भन्ने भ्रम सिर्जना गरियो । सत्य त्यो थिएन । फर्केर गएका केही कमरेडहरुको हकमा यो सत्य थियो होला तर हामीमा यो आरोप सत्य थिएन । हाम्रो फुट पदमा बार्गेनिङ थिएन । सिद्धान्तमा र व्यवहारमा आएको भिन्नता थियो । विचार र दृष्टिकोणमा आएको भिन्नता थियो । त्यस कारण हामी विद्रोह ग¥यौं । हामीले प्रचण्ड नेतृत्वको माओवादी पार्टी छाड्यौं । किरण नेतृत्वको ड्यास माओवादी पार्टी छाड्यौं । अन्तमा पार्टी नामको पछाडि झुण्डिएको ‘माओवादी’ विशेषण नै त्याग्यौं । किन कि हिजो माओवादीबाट जे अपेक्षा गरेका थिए त्यो दिन नसकेपछि जनतामा माओवादीप्रति वितृष्णा जाग्यो । हामीले माओवादी आन्दोलनको सीमा समाप्त भयो भन्ने निष्कर्षमा पुग्यौं र अव अर्को कोर्षमा जानु पर्छ किन कि जनता माओवादी कोर्ष पूरा गरिसके अव अर्को कोर्षमा जान चाहन्छन् भन्ने बुझ्यौं र माओवादी विशेषण छोडेका हौं । हामी एकीकृत जनक्रान्तिको नयाँ कोर्ष निर्माण ग¥यौं । त्यसलाई जनता र कार्यकर्तामा लान केही समय लाग्यो । अहिले यो कोर्ष कार्यान्वयनमा छ र सबैको अपेक्षा सकारात्मक रुपले बढेको छ । अर्को कुरा माओवादी पार्टी अव एक ठाउँमा छैन । अवको एकता केवल माओवादीहरु बीचमा मात्र गरेर पुग्दैन माओवादी बाहिर पनि थुप्रै कम्युनिस्ट र ठूलो वाम शक्ति छ । यसलाई पनि एकतामा लिनु पर्छ । यसको लागि माओवादीभित्र सबै अटाउन सक्दैनन् त्यसैले सबै वाम शक्ति र यत्रतत्र छरिएका कम्युनिस्टहरु छन् । ती सबै अटाउने पार्टी हुनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं र २०७३ फागुनमा थबाङमा सम्पन्न आठौंं महाधिवेशनबाट मालेमावादको सिद्धान्तलाई विकास गर्दै जाने र नाम स्थापना कालको नाम नेपाल कम्युनिस्ट पार्टी र कार्यदिशा एकीकृत जनक्रान्ति ठोस ग¥यौंं । यो गर्नुको उद्देश्य नै नयाँ ढंगले कम्युनिस्ट एकताको अभियान चलाउनु हो । अहिले पछिल्लो हाम्रो संश्लेषण छ – यसै जारी अभियानभित्र माओवादी एकता एउटा तत्कालिक महत्वको एजेण्डा हो । सबै कम्युनिस्टहरुलाई ध्रुवीकृत गर्नेमा हाम्रो जोड छ । पूर्व माओवादी घटकहरुसंगको एकतामा हाम्रो प्रयास जारी छ । सवैभन्दा नजिकका मित्र शक्तिको हैसियतले माओवादी केन्द्रसंग समाजवादी मोर्चामा हाम्रो सहकार्य जारी छ ।
माओवादी एकताको हल्लाले एकथरी मान्छेहरु उत्साहित छन् । एकथरीमा केही भय, केही सन्त्रास र केही खुलदुली छ । केही चुनावी दलहरु माओवादी एक भए भने हाम्रो सीत घटने हो कि भन्ने सन्त्रास छ । साम्राज्यवादी र दलालहरुमा माओवादी एकताबाट भित्रभित्र भय उत्पन्न भइरहेको छ । शुभचिन्तक, समर्थक देशभक्त मित्रहरुमा प्रचण्डको एमसीसी तथा अन्य प्रकरणहरुमा गरेको र गर्दै आएको प्रबृत्ति र क्रियाकलापबाट झस्किन्छन् भन्छन् – कतै विप्लव पनि त्यहीँ विलाउने त होइन ! प्रचण्ड जस्तै विग्रिने त होइन ? भन्ने पनि छ । केहीमा एउटा आशा नेकपा र विप्लवमा थियो, त्यो पनि प्रचण्डसंग मिलेपछि सिद्धिने त होइन, मिलेपछि नेता उही प्रचण्डै हुने होला, विप्लव पुच्छर बन्न तयार होला त ? भन्ने आशंका र विजज्ञासाहरु छन् ।
अर्कोथरी प्रचण्डभित्रका कार्यकर्ताहरुको ठूलो संख्या पार्टीभित्र प्रचण्डपछि पार्टीलाई एकताबद्ध बनाएर लाने नेता छैनन् । सबै गुटै गुट छन् । एक गुटले अर्को गुटलाई सकार्ने अवस्था नै छैन । यसको लागि विप्लव आउनु पर्छ । विप्लव नआए त आउँदो चुनावमा पार्टीले धेरै सीत गुम्न सक्छ, जित्न गाह्रो हुन्छ, भन्ने छ । अर्थात एकताको अपेक्षाको पछाडि मात्र ‘चुनाव जित्ने र भावी पार्टीको सर्वमान्य नेतृत्व’को अभाव मुख्य केन्द्रमा रहेको पाइन्छ । यी मतहरुमा पछिल्ला दुई मतहरु मनन्योग्य छन् । हामी मिले स्वभावैले चुनावमा धेरै सीत जितिन्छ, यो ग्यारेण्टी हो । त्यो भयले काँग्रेस र एमालेले गठबन्धन सुदृढ गर्दैछन् र सकेसम्म मिल्न नदिने रणनीति बनाउँदैछन्, यो पनि सत्य हो । साम्राज्यवादले मिल्न नदिने रणनीति बनाएको छ । समाजवादी मोर्चालाई भाँड्ने र निश्क्रिय बनाउने कार्यमा लागेको छ । यो पनि सत्य हो । प्रचण्ड नसुध्रे र यथास्थितिमा विप्लवलाई प्रयोग गर्ने र विप्लव पनि लुसुक्कै गएर प्रचण्डको ज्यु, हजुरीमा जाने भए भन्ने तेस्रो मत पनि सहि नै छ तर विप्लवले त्यसो गर्दैनन् । जे गर्दा देश, जनता, वर्ग र मित्र वर्गहरुलाई फाइदा हुन्छ त्यही गर्ने हो । विना सुझबुझको एकता फगत पानीको फोका मात्र हो । यसमा मित्रहरुको चिन्ता र जिज्ञासाको स्वागत गर्दै ढुक्क हुन अनुरोध छ । बाँकी रह्यो प्रचण्डभित्रको एकताको चासो । निश्चय पनि माओवादी केन्द्रभित्र पार्टी एकता बारे एक मत छैन । केहीमा विप्लव आए हाम्रो स्थान घट्ने हो कि भन्ने छ । केहीमा प्रचण्डसंग मिलेमा हाम्रो गुट कमजोर हुने हो कि भन्ने पनि छ । त्यस्तो खालको साथीहरु भित्र पार्टी एकताको पक्षमा छैनन् । चुनाव जित्ने आधार बनाएकै छन् । सीत सुरक्षित र सुनिश्चित भएकाहरुले पार्टी एकतामा खासै चासो दिदैनन् । उनीहरु सकेसम्म विप्लवलाई एकताबाट रोक्ने प्रपञ्च नै देखिन्छ । उनीहरु सार्वजनिक रुपमा एकतामा आउने भए विप्ललले आत्मालोचित भएर आउनु पर्छ, पश्चाताप गर्नु पर्छ, भन्ने जस्ता अभिव्यक्तिहरु दिइरहेका छन् । आफ्नै अगाडि यस्ता अभिव्यक्ति दिदा पनि प्रचण्ड चुप लागेर टाउको हल्लाउँछन् र कुनै प्रतिक्रिया दिदैनन्, मानौ साथीहरु ठिकै बोले । यसले पनि एकता प्रक्रियामा प्रचण्डप्रति आशंकाहरु जन्माएका छन् । अर्कोतिर प्रचण्डले पार्टीभित्र पार्टी एकता बारे गंभीरतापूर्वक एजेण्डामा छलफल गर्दैनन् । खाली विप्लवसंग भेटेर पार्टी एकता नजिक पुगेको छ । छिट्टै आउँदैछन् जस्ता अभिव्यक्तिले उनकै पार्टीभित्र साथीहरुलाई झस्काउँछ । रह्यो अव कार्यकर्ताको कुरा । माकेभित्र ठूलो संख्यामा पार्टी एकता गर्नु पर्छ भन्ने पक्षमा छ । त्यसो त केही बरिष्ट नेताहरु पनि एकताको विकल्प छैन भनेर खुलै अभिव्यक्ति दिइरहेको पाइन्छ । कार्यकर्ताको पनि विप्लव आउनु पर्छ भन्ने छ तर नेतामा प्रचण्ड नै हो प्रचण्डपछि विप्लव हो, भन्ने छ । “विप्लव आउनु पर्छ” भन्ने कुराले विप्लव एकतामा होइन माओवादीमा प्रवेश गर्नु पर्छ भन्ने हो । त्यसो भए विप्लव माओवादीमा किन प्रवेश गर्ने भन्ने कुरा आउँछ । “आत्मालोचित वा प्रायश्चित गर्ने” झन मिल्दैन । यसले एकतालाई झन पछाडि ढकेल्छ । “प्रचण्डपछिको नेता बनाउने” भन्ने कुराले विप्लव नेताको क्युमा गएर बस्ने कुरा जनाउँछ । जुन असंभव छ । यथास्थितिमा गरिने एकतामा विप्लव ५ ओटा गुटमा छैटौं गुट बन्न जाने कुरा हो । अर्को कुरा पार्टी एकता के का लागि गर्ने ? भन्ने कुरा महत्वपूर्ण प्रश्न हो । क्रान्तिका लागि कि चुनाव जित्नका लागि ? यो निक्र्यौल गर्नु पर्छ । यी कुराहरु नटुङग्याइकन पार्टी एकता अहिले नै हुँदैन । यसरी गरिने एकता असाध्यै काचो, हचुवा र एकता सम्बन्धी सिद्धान्तको विपरित हुन्छ । यसरी त गाडी अगाडि जान सक्दैन । विप्लव पहिलो नेता पनि त बन्न सक्छ भन्ने मान्यता पनि संगसंगै राख्नु पर्छ । यसबारे छलफल बाँकी नै छ ।
मोर्चा बनाएर लडौं । यसको लागि समाजवादी मोर्चा अहिलेको सवभन्दा उपयुक्त एजेण्डा हो जहाँ अरु समाजवादी पक्षहरुलाई पनि लिएर अगाडि बढ्न सकिन्छ । अहिले हाम्रो जोड छ – पार्टी एकताको लागि छलफल गर्दै जाऔं र तत्काल समाजवादी मोर्चाबाट सहकार्य गर्दै जाऔं । अर्थात अहिले पार्टी एकता रणनीति हो र मोर्चा कार्यनीति हो । कार्यनीति मार्फत रणनीतिक विन्दुसम्म यात्रा भरौं र नयाँ यात्राको थालनी गरौं ।
२. समाजवादी मोर्चा बारे ः
नेपाल विशिष्टता नै विशिष्टताले भरिएको देश हो । यहाँ उत्पीडनको प्रकृति पनि एउटै छैन र यसको निराकरणको उपाय पनि एउटै छैन । एउटा क्षेत्रलाई हुने अर्को क्षेत्रलाई मिल्दैन । एउटा समुदायलाई हुने अर्को समुदायलाई मिल्दैन । एउटाको भाषा, धर्म, सँस्कृति, रीतिथिति, अर्कोसंग मिल्दैन । हिमाली भोटे समाजमा अझै पनि बहुपति विबाह प्रथा छ । मगरले मामा चेली, गुरुङले फुपु÷मामा चेली, थारुले ओहोरी दोहोरी, मुश्लिमले सहोद्दर काका–ठूलाबाका छोराछोरी (भाई वैनी)मा विवाह गराउने चलन कायमै छ । बाहुुन क्षेत्री यी सबैलाई हाडनाता ठान्छ । एउटा कानुनले अर्कोलाई छुँदैन । यस्तो सामाजिक–साँस्कृतिक संरचनामा चलेको देश हो, नेपाल ।
राजनीति र राज्यसत्तामा हेर्दा उत्तरतिर चीन, दक्षिण–पूर्व–पश्चिम तीनतिर भारत, चीनमा मंगोल समुदायका जाति र कम्युनिस्ट सत्ता छ । दक्षिण भारतमा आर्य समुदायको बाहुल्य र कम्युनिस्ट विरोधी लोकतान्त्रिक मुलुक छ । नेपाल लामो समयदेखि (सुगौली सन्धी १८१६ यता) अर्धउपनिवेश कायम भएको अवस्था र अहिले देश नवउपनिवेशको शिकार भएको अवस्थामा छ । यस्तो अवस्थामा स्वाधीनताको समस्या गंभीर रुपले उठिरहको छ । लामो समय राजतन्त्रले जकडेको देशमा, लामो समय निरंकुशतन्त्र, पारिवारिक निरंकुशताभित्र पिल्सिएको देश, भौगोलिक हिसावले हिमाल, तराई, पहाड, भित्रीमधेश जस्ता भौगोलिक विविधता रहेको देश भएकोले नेपालमा उत्पीडनका रुप पनि एउटै छैनन् । एउटा होइन अनेक मोर्चाहरु खडा गर्नु पर्ने हुन्छ । संघर्ष वा आदोलन गर्नु प¥यो भने पनि एउटा मात्र मोर्चाबाट होइन धेरै मोर्चाबाट लड्नु वा संघर्ष गर्नुपर्ने हुन्छ । ती मध्ये समाजवादी मोर्चा एउटा वैचारिक राजनैतिक मोर्चा हो । यो अहिलेको जल्दोबल्दो राजनीतिक मोर्चा हो । स्वाधिनताको लागि देशभक्त मोर्चा, राजतन्त्रका विरुद्ध गणतान्त्रिक मोर्चा, निरंकुशतन्त्रका विरुद्ध लोकतान्त्रिक मोर्चा, महिला उत्पीडनका विरुद्ध महिला मोर्चा, दलित उत्पीडनका विरुद्ध दलित मोर्चा, दलाल पुँजीवादको विकल्पमा समाजवादी मोर्चा, जातीय उत्पीडनका विरुद्ध जातीय मोर्चाहरु, मधेशी उत्पीडनका विरुद्ध मधेशी मार्चा नेपालका विशिष्टताका मोर्चाहरु हुन् । ती मध्ये नेपालमा विद्यामान दलाल पुँजीवादले जनतालाई सुशासन दिन सकिरहेको छैन । अर्थात जनताले खोजेको शासन व्यवस्था यो व्यवस्थाबाट संभव पनि छैन र दिन पनि सक्दैन । त्यसैले जनता यसको विकल्प खोजीरहका छन् । कहिले रविलाई, कहिले बालेन, हर्क साङपाङहरुलाई जिताउनुको कारण नै यी नेता र यो व्यवस्थाको विकल्प खोज्नु हो । यसबेला अग्रगामी शक्तिहरुले जनता र देशलाई प्रतिगमनको भड्खालोमा जान नदिनु सचेत प्रबुद्ध वर्गको दायित्व र कार्यभार दुबै हो । राजनीतिक दलहरुमा अग्रगामी सोच राख्ने दलहरुको पनि ड्युटी पश्चागमनबाट देशलाई बचाउनु, देशलाई उपनिवेशबाट मुक्त गर्नु, जनतालाई सचेत र गोलबन्द गरेर अग्रगमनतिर तान्नु हो । यति बेलाको राजनीतिक परिवेश देशले र जनताले अग्रगामी निकास खोजेको छ । जनता विकल्पको खोजीमा छन् । राजावादी र पश्चागामी तत्वहरुले प्रतिगामी विकल्प दिने दुष्प्रयत्न गरिरहेका छन् । वाहिय हस्तक्षेप बढेर गएको छ । यस्तो बेला, साम्राज्यवादको हस्तक्षेपका विरुद्ध समाजवादीहरुको मोर्चा, दलाल पुँजीवादको विकल्प समाजवादी मोर्चा र स्वाधीनताको पक्षमा समाजवादी मोर्चा, क्रान्तिकारी र कम्युनिस्ष्टहरुको एकता र सहकार्यका लागि पनि समाजवादी मोर्चा, आजको दलाल राज्यसत्ताले सिर्जना गरेका समस्याहरुको समाधानका लागि समाजवादी मोर्चा आजको आवश्यकता हो । यो कुरा बुझेर नै समाजवादी मोर्चा हुन नदिन र विथोल्न सम्राज्यवादले यसका विरुद्ध आफ्ना दलालहरुलाई लगाइरहेको छ । ‘प्रचण्डलाई कि प्रधानमन्त्री छोड कि समाजवादी मोर्चा छोड’, त्यतिकै भनेको होइन । यी सबै कुरालाई ध्यानमा राखेर नै नेकपाले समाजवादी मोर्चाको अवधारणा अगाडि सारेको हो, तथापि यी विविध अवरोध र कारणले समाजवादी मोर्चालाई जति गति दिने हो समाजवादी मोर्चाले त्यो प्रत्याभूति दिलाउन सकेको छैन तर समाजवादी मोर्चा आफ्नो सापेक्षतामा विस्तारै अवरोधहरु पन्छाउँदै अगाडि बढेको छ । यो अहिलेको समाजवादी पक्षधरहरुको साझा मञ्च हो । यसले विस्तारै पार्टी एकता र कम्युनिस्ट एकताको पनि आधार तयार पार्ने छ ।
३. ८४ को चुनावमा सहभागिता बारे ः
चुनाव एउटा संवेदनशील राजनीतिक मुद्दा हो । यो प्रत्येक ४÷४ बर्ष – ५÷५ बर्षमा आइरहने राजनीतिक मुद्दा हो । यसलाई बुझ्ने मामिलामा अहिले नेकपाले पुरानो धारणा र मान्यताहरु तोडेको छ र नयाँ अवधारणा अगाडि सारेको छ । माथि पनि उल्लेख गरियो कि नेपालमा एउटा मात्र मोर्चाबाट लडेर नेपाली क्रान्ति संभव छैन । नेपालमा क्रान्तिका धेरै मोर्चाहरु छन् । क्रान्ति सम्पन्न गर्न एकैचोटी धेरै मोर्चा खोलेर (इउभल) गरेर लड्न सकिन्छ । ती मध्य चनावी मोर्चा पनि एउटा महत्वपूर्ण राजनीतिक संघर्षको मोर्चा हो, भन्ने नेकपाको निष्कर्ष छ ।
नेपालमा चुनावलाई बुझ्ने मामिलामा परंपरागत चिन्तन धाराहरु छन् । चुनाव आउने वितिकै कि बहिस्कार गर्ने कि भाग लिने परंपरा छ । पछिल्लो समय कम्युनिस्टहरुले क्रान्तिकारी उपयोगको पनि भाष्य प्रयोग गर्दै आएका छन् । हामीले नयाँ भाष्य निर्माण गरेका छौं – “प्रयोग गर्ने” । कम्युनिस्ट पार्टीहरु यसै चुनावलाई लिएर झगडा गर्ने, फुट्ने वा जुट्ने गर्दै आएका छन् । केही अवसरवादीहरु आफ्नो अवसरवादको ढाकछोप गर्न चुनावलाई बाहाना बनाएर क्रान्ति र आन्दोलनबाट भाग्ने गरेका पनि धेरै उदाहारणहरु छन् । चौथो महाधिवेशन कालमा मोहनविक्रमसिंह र निर्मल लामा यसैलाई इस्यु बनाएर पार्टीमा महिनौ लामा बहस र बैठकहरु गरे । एउटाले बहिस्कार भन्ने अर्कोले उपयोग भन्ने र यसैलाई रणनीतिक विषय बनाएर एकले अर्कोलाई दक्षिणपन्थी, अवसरवादी आरोप–प्रत्यारोप लगाउँदै पार्टी नै विभाजन गरेको इतिहास छ र यसैको कारण पार्टीहरु फुट्दै आएका छन् । गएको स्थानीय चुनावताका नेकपाबाट पनि केही साथीहरु (सुदर्शन–कञ्चनहरु) यसैलाई बाहाना बनाएर आफ्नो गल्ती र कमजोरीहरुको ढाकछोप गर्न र पार्टीभित्र करोडौं आर्थिक अपचलन गरेकोमा कार्बाहीमा पर्ने निश्चित भएपछि यसैलाई (चुनावलाई) बाहाना बनाएर भागे । पार्टी फुटाएको हल्ला पिटेर भागे । बास्तवमा चुनाव के हो र यसलाई कसरी बुझ्ने ? यो एउटा गंभीर प्रश्न बनेको छ । जड्सूत्रवादीहरु यो पुराना जड मानसिकताका कुवाबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् र निस्कने प्रयास पनि गर्दैनन् किन कि उनीहरुको सिर्जनशीलताको श्रोत नै जड्वादले सुकाइदिएको हुन्छ । उनीहरु नमरुन्जी त्यही जड्ताको भूमरीमा फलफनी घुमीरहन्छन् । तिनले साम्राज्यवादले चुनावलाई कसरी कम्युनिस्ट सिध्याउने हतियार बनाएका छन् भन्ने षड्यन्त्रको छेउछाउसम्म पुग्न सक्दैनन् र परंपरागत मन्त्र जपेर एउटै आरोप लगाइरहन्छन् र चुनावबाट कि त परपर भाग्छन् कि त चुर्लुम्मै दुब्न पुग्छन् । हाम्रा जड्सूत्रवादी मित्रहरुको यो क्रोनिक एड्स रोग जस्तै बनेको छ ।
नेकपाले चुनावलाई परंपरागत तरिकाले बुझ्न नहुने र यसलाई पनि एकीकृत जनक्रान्तिको अनेक मोर्चाहरुमध्ये प्रत्यक्ष जनताको सरोकारसंग जोडिएको राजनीतिक मुद्दा भएकोले यसबाट तर्सिन र पन्छिन नहुने बरु यसलाई पनि जनताका सीमित अधिकारहरुको सुनिश्चितता र जनतासंग पार्टीलाई जोड्ने र जनतालाई चुनावको माध्यमबाट धेरै कुराहरु बुझाउन सकिने अवसरको रुपमा लिनु पर्ने निष्कर्ष निकालेको छ । साथै साम्राज्यवादको घेराबन्दी र तोड्ने र जनताका प्रतिक्रियावादीहरुको राजनीतिक बंकर तोड्ने संघर्षको साधनको रुपमा प्रयोग गर्न सकिने नयाँ अवधारण अगाडि सारेको छ । यस निष्कर्षका साथ साम्राज्यवादको घेबन्दी तोड्ने, क्रान्ति विरोधी षड्यन्त्रको भण्डाफोर गर्ने, जनसेवा र जनसम्बन्ध विस्तार, संगठन निर्माण र सत्ताको एकतर्फी रजाइ तोड्न र चुनावलाई पनि संघर्षको मोर्चाको रुपमा प्रयोग गर्दै आउँदो ८४ को चुनावमा नेकपाले सहभागिता जनाउने छ । नेकपाले पार्टी पनि दर्ता गर्ने प्रक्रियामा छ । संसदीय चुनावमा भाग लिँदा संसदवादी भइन्छ भन्ने मान्यतालाई तोड्दै नेकपा अव ८४ को तीनै तहको चुनावमा आफ्ना प्रतिनिधि पठाउँदै छ । यसलाई जनताको विश्वास परीक्षण गर्ने, कार्यकर्ताहरुको प्रभावकारी परिचालन प्रयोगको रुपमा पनि लिइएको छ ।
पार्टीले, अहिले जनताको चाहाना सशस्त्र संघर्षमा जानेमा पनि छैन र यथास्थितिमा रहन पनि तयार छैन तर जनता अग्रगामी परिवर्तनको खोजीमा छन् । जनता बन्दुकको लडाई गर्न पनि तयार छैन, यो व्यवस्थामा पनि सन्तुष्ट छैनन् । यस्तै मध्यम वर्गको पनि यहि चाहाना छ । यो कुरालाई मध्यनजर गर्दै आधारभूत शक्ति र आधार शक्तिको मनोविज्ञान, चाहाना र भावना तथा सुझावहरुलाई ध्यानमा राखेर पार्टीले यो नीति अवलम्बन गरेको हो । साथै अहिलेको साम्राज्यवाद, दलाल पुँजीवादको अवस्था र जनताको चाहाना तीन परिस्थितिहरुलाई ध्यान दिदै पार्टी यो निष्कर्षमा पुगेको हो ।
४. राजतन्त्रक र प्रतिगमन बारे
आज भोलीको मौसम राजावादीहरुको चहलपहलको मौसम बनेको छ । यसका पनि २ कारण छन् –
पहिलो – अन्तराष्ट्रिय परिस्थितिमा आएको थोरै हेरफेर ।
दोस्रो – आन्तरिक परिस्थितिमा देखा परेको सत्ता संकट ।ः
पहिलो कारणमा बाहिय परिस्थितिमा केही परिवर्तन आएको छ । खास गरी अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावमा विजय भएपछि अमेरिकाको अन्तराष्ट्रिय नीतिहरुमा केही हेरफेर गरेको कारण पुरानो निरन्तरता भत्केको छ । अमेरिका विश्वभरि युद्धमा फस्दै गएपछि अमेरिकी आर्थिक संकट चुलिदै गयो । यसैबेला अमेरिकाको एक धनाध्य व्यापारी ट्रम्पले चुनाव जित्यो र उसले आर्थिक नीतिमा केही हेरफेर ल्यायो । अन्तराष्ट्रिय सहयोगका धेरै क्षेत्रमा आर्थिक सहयोग कटौटी ग¥यो । आन्तरिक रुपमा पनि निकै हदसम्म हेरफेर ग¥यो । यसले युक्रेन युद्ध, प्यालेस्टाइन–इजरायल युद्ध, दक्षिण एशिया मामिलाहरुमा परिस्थितिमा हेरफेर आयो । यसले भारतमा विजेपी र मोडी सरकारलाई पनि प्रभावित पार्नु स्वभाविक थियो । भारतबाट नेपालको राजनीतिक र आन्तरिक मामिलामा पनि केही नयाँ परिस्थितिहरु सिर्जना भयो । यसले पूर्व राजा ज्ञानेन्द्र र राजावादी समुहहरुलाई केही उत्साहित बनायो र गुमेको सत्ता र कुर्ची फेरी फिर्ता लिन सकिन्छ कि ? भन्ने उनीहरुको नमरेको मन पलाएर आयो र राजावादीहरुको चहल बढेर आयो । यो पहिलो परिस्थिति थियो ।
दोस्रो कारण आन्तरिक परिस्थितिमा आएको सत्ता संकट थियो । यो परिस्थिति नयाँ होइन, गएको चुनावमा जनताले कसैलाई बहुमतको सरकार बनाउने म्यान्देट नदिएपछि बनेको ह्याङ पार्लियामेन्टको अनिवार्य परिणाम थियो । बास्तवमा पहिलो त जनता यो व्यवस्थाप्रति वाक्क दिक्क भएको अवस्था छ र यसको विकल्पको खोजीमा छन् । दोस्रो घुमीघुमी उही असफल नेताहरु नै सत्ताको नेतृत्वमा आउने र उही असफल पार्टीहरुनै ठूला पार्टी बनेर आउने कुराले जनता वाक्क दिक्क भएका छन् र यसको पनि विकल्पको खोजीमा छन् । यतिबेला ठ्याक्कै काँग्रेस र एमाले मिलेर सरकार बनाएर एकलौटी मनपरि सत्ता चलाउँदैछन् । देशलाई टु पार्टी सिष्टममा लैजाने धृष्टता गरिरहेका छन् । मुलकलाई कमिशन र भ्रष्टाचारले कंगाल बनाइरहेका छन् र एक जनाको टाउकोमा एक लाख ऋण बोकाउँदै उनीहरु साम्राज्यवादको दलाली गरिरहेको जनतालाई पाच्य भएको छैन । यो जनअसन्तुष्टबाट ‘मौका ढुकेर बसेका पश्चागामी राजनीतिक समुहहरु’ मौकामा चौका हान्न ठिक यसैबेला समयको चयन गरेका हुन् । एकातिर जनताले चाहेको शासन पाउन नसक्नु र सत्ताधारी वर्गले जनताको चाहाना र भावना अनुसारको शासन व्यवस्था दिन नसक्नु अर्कोतिर बाहिय परिस्थिति पनि उनीहरुको निम्ति अनुकुल बन्नको परिणाम नै आज राजावादीहरुले थोरै टाउको उठाउने ‘सुअवसर’ पाएका हुन् ।
अव प्रश्न उठ्छ – के राजा आउँछ त ?
पहिलो जवाफ – आउँदैन, विल्कुल आउँदैन । मरेको भूत फेरी जागेर आउँदैन ।
दोस्रो जवाफ – कुनै पनि नियमको अपवाद हुन्छ । अपवादको रुपमा क्षणिक समयका लागि आउन पनि सक्छ । किन कि आजको साम्राज्यवादी जमानामा बाहिय हस्तक्षेप बढिरहेको अवस्थामा यो असंभव पनि छैन । इतिहासमा मरिसकेको राजतन्त्र युरोपतिर कताकता फर्केको पनि उदाहारणहरु छन् । नेपालमा मरिसकेको युवराज दीपेन्द्रलाई दुई दिन राजा बनाएको इतिहास पनि ज्युँदै छ । दीपेन्द्रलाई मारेर नक्कली दीपेन्द्रहरु नकाव लाएर बीरेन्द्रको बंश नाश गरेर मरेको दीपेन्द्रलाई हत्याराको आरोप भिराउने षड्यन्त्र साम्राज्यवादीहरुकै हो । यो गर्न सक्नेहरु फेरी कुनै रुपमा राजा फर्काएको नाटक नगर्लान भन्न सकिदैन । तर यो गर्न त्यति सजिलो छैन ।
यो (राजा) कुन परिस्थितिमा आउँदैन त ? भन्दा जनता सचेत र जागृत भएको अवस्थामा, सत्तामा गणतन्त्रवादीहरुको पहँुच र पहलकदमी रहेको अवस्थामा । क्रान्तिकारी शक्तिहरु एकताबद्ध रहेको अवस्थामा । यसरी हेर्दा जनता पनि सचेत छन् । राजतन्त्र फाल्ने गणतन्त्रवादी शक्तिहरु पनि एक ठाउँमा छन् । सरकारमा र सडकमा पनि गणतन्त्रवादीहरु छन् । सडकमा क्रान्तिकारीहरु पनि छन् र समाजवादी मोर्चा पनि छ । यी एक ठाउँमा रहुञ्जेल राजा फर्कने संभावना छैन ।
दोस्रो कुन बेला राजा फर्कन्छ ? जनता सुतेको बेला, गणतन्त्रवादीहरु फुटेको बेला, राजनीतिक दल र त्यसका नेताहरुको मति हराएको बेला, दलालहरुले देश र जनताप्रति घात गरेर साम्राज्यवादप्रति लम्पसार परेको बेला, बुद्धिजीवीहरुको बुद्धि हराएको बेला राजतन्त्र फर्कन सक्छ ।
यदि कथंकदाचित ९९ प्रतिशतमा १ प्रतिश हावी भएर राजतन्त्र फर्किहाल्यो भने देशमा ठूलो, कसैले नसोचेको रक्तपात हुने संभावना रहन्छ । किन कि राजा बचाउन सेना उत्रिनु पर्छ । सेना उत्रियो भने देशमा संकटकाल लाग्छ । दलहरु फेरी भूमिगत जाने या जीवन मरणको संघर्ष गर्ने ? भन्नेमा जान्छन् । यदि यसो भयो भने फेरी अर्को पटक सशस्त्र विद्रोह हुन्छ । त्यसले को कोलाई कहाँ पु¥याउँछ अहिले नै भन्न सकिदैन तर एउटा निश्चित हुन्छ । त्यसको रक्षाको लागि यदि भारत आयो भने चीन पनि चुप लागेर बस्दैन । यसले या त क्रान्ति निम्त्याउँछ या त विश्वयुद्ध निम्त्याउँछ । या संयुक्त राष्ट्रसंघको युएन सेना आएर आजको लेवनान, युगान्दा, लिविया, सुदान लगायतका देशहरुको नियति भोग्नु पर्छ र देशले अनन्त युद्ध लड्नु पर्ने हुन्छ । त्यसबेला देश कसको हातमा जान्छ थाहा छैन । यसले क्रान्तिलाई जन्म दिने अर्को संभावनालाई पनि नकार्न सकिदैन । त्यसैले कसैले सोचे जस्तो राजतन्त्र त्यतिकै फर्केर आउँदैन, आयो भने त्यसले अनिस्त लिएर आउन सक्छ, क्रान्ति पनि लिएर आउन सक्छ दुबै संभावनाहरु छन् ।
त्यसैले आजको व्यवस्थाले पनि जनतालाई सुख, शान्ति र समृद्धि दिएको छैन । यसको विकल्प अवश्य पनि खोज्नु पर्छ । जनताले विकल्प खोजेको जायज छ । तर विर्सेर वा भुलेर पछाडि फर्केर राजा वा राजतन्त्रको विकल्पमा जाने हो भने त यो अनिस्त नै हुन्छ । यसको एक मात्र विकल्प समाजवाद हो । समाजवादको पनि ठोस रुप नेपाली विशेषताको समाजवाद हो । यसको लागि एक पटक सबै एक ठाउँमा आउनु आजको सन्दर्भमा एक कदम विकासको अर्को मञ्जीलमा पुग्नु हो । त्यसैले राजावादीहरु पनि २१औं शताब्दीको चेतबाट २२औं शताब्दीतिर पाइला चाल्ने प्रयास गर्नु प¥यो । समाजवादको बारेमा वहस गरौं बरु कस्तो समाजवाद नेपाली जनता र नेपाली समाजका लागि सुहाउँदो र उपयुक्त हुन्छ । महादेवले सडिसकेको सत्यदेवीको लासलाई बोकेर हिँडे जस्तो नगरौं ।
अर्को बुझ्नै पर्ने के हो भने कथंकदाचित राजा आयो भने उ झन महा दलाल बनेर आउने हो । पहिलो त राजालाई नेपाली जनताले अढाइसौ बर्ष बेहोरेकै हो हेरेकै हो । के गरेको थियो के नेपाली जनताले विर्सेका छन् त यति चाँडै । नयाँ पुस्ता जसले राजतन्त्र भोगेका छैनन् । युवा पिडीले विश्व र नेपालको राजतन्त्रको लामा, लामा, जर्जर इतिहास पढ्नुस यहि काफी हुन्छ । लोकतन्त्रले नेपाली जनताको समस्या हल गर्न सकेको छैन लोकतन्त्रभन्दा गएगुज्रेको राजतन्त्रले जनतालाई पश्चाताप बाहेक केही दिदैन । राजावादीहरुको के राजनीतिक एजेण्डा छ ? भष्टाचार, घुस, कमिशन, तस्कर कसरी नियन्त्रण गर्नसक्छन् ? सुशासन कसरी कायम गर्न सक्छन् ? केही एजेण्डा छ ? खाली राजा आएपछि जादुमय तरिकाले हुन्छ सुशासन ? ज्ञानेन्द्र अव ८० बर्षको बूढो भइसक्नु भयो, अव अल्जाइमरले भेट्ने बेला भइसक्यो । पारस शाह गाँजा खाँदै ठिक्क, अरु साना बच्चाहरुलाई श्रीपेच पहिराएर श्रीपेचले भ्रष्टाचार, घुस, तस्करी रोक्छ, सुशासन दिन्छ श्रीपेचले ? बच्चालाई गद्दीमा बसालेर कोले शासन चलाउँछ थाहा छ कसैलाई ? यो बेला कस्तो होला मुलुकको अवस्था ।
त्यसैले यो राज्य व्यवस्था ठिक छैन । ठीक । नेताहरु पनि ठिक छैनन् । यो पनि ठिक । व्यवस्था र असफल नेताहरुको विकल्प खोज्नु पर्छ । यो पनि ठिक । तर यिनका विकल्प अग्रगामी चेतना र राजनीतिक सुझबुझबाट खोज्नु पर्छ । आजको लोकतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवादी गणतन्त्र हो । नेताको विकल्प संसदवादी भ्रष्ट नेताहरु होइनन् विप्लव जस्ता उर्जावान, दूरदृष्टि भएका परिवर्तनकारी नवजवानहरु हुनु पर्छ । जनताले अव यो विकल्प खोज्नु पर्दछ ।
५. अवको आवश्यकता के हो ?
नेपाल सा–साना क्रान्तिहरुलाई जोडेर सिङ्गो क्रान्ति सम्पन्न गर्ने दिशातिर देश लम्कीरहेको छ । नेपालमा हालसम्म ५ ओटा सशस्त्र विद्रोहरु भएका छन् । ३ ओटा ठूला जनआन्दोलनहरु र २ ओटा सहयोगी आन्दोलनहरु भएका छन् । सयौं जनसंघर्षहरु भएका छन् । ३ ओटा व्यवस्थाहरु फेरिएका छन् । १२ पुस्ता १३ राजाहरु फेरिएका छन् । ५४ पटकमा ४३ जना प्रधानमन्त्रीहरु फेरिएका छन् । ५ पटक संविधान नै फेरियो । छैटौं पटक संविधानसभाबाट संविधान बनेको छ । यो पनि दलालहरुको हातमा बाँदरको हातको नरिवल बनेको छ । जनता अझै यसबाट सन्तुष्ट छैनन् । जनता विकल्पको खोजीमा छन् । यस बेला नेपालका क्रान्तिकारीहरु, देशभक्तहरु, गणतन्त्रवादीहरु, लोकतन्त्रवादीहरु, संघीयतावादीहरु, समाजवादीहरु अव फुटेर होइन जुटेर देशलाई विकासको अग्रगतिमा लैजान तयार हुनुपर्ने दिन आएको छ । हामी फुट्दा देश लुटिएको छ । जनता भाँडिएको छ । हामी कसैको अधिनमा नरहेर स्वाधीन रहेको बेला हाम्रा दुई छिमेकी देशहरु साम्राज्यवादको जर्जर छायाँमुनी थिए । त्यसबेला हामी स्वतन्त्र थियौं । आज ती छिमेकी मुलुकहरु साम्राज्यवादबाट मुक्त भएर समृद्धितिर लम्किरहेका छन् । विश्वको धनी देशमा दोस्रो र चौथो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । हामी भने दलाल पुँजीवादको चपेटामा छौं । आजको हाम्रो पीडा दलाल पुँजीवादी संसदीय व्यवस्थाको हो । यो नै हाम्रो विकास र प्रगतिको बाधक बनेको छ । अव हामी नेपालीहरु एक हुन सकेनौ र अझै पनि हाम्रो चेत खुलेन भने कसैले पनि “हाई” भन्नेवाला छैनन् । अव एक पटक नयाँ सिष्टम, नयाँ व्यवस्था र नयाँ नेतृत्व हेरौं । राजाको त कुरै नगरौं, अव यी पुराना नेताहरुबाट पनि देश चल्दैन किन कि जनताले निकै पटक हेरीसके, भोगी सके । यी टेष्टेड र फेल भएका नेताहरुबाट पनि संभव छैन । पुराना सडेगलेका विचार, सिष्टमबाट पनि संभव छैन । सबै चीजलाई नयाँबाट हेरौं, नयाँबाट शुरु गरौं । अवको संभवाना यहि हो ।