बजेट : ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै !

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै रहेको बताएका छन् । सांसद केसीले प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सो कुरा बताएका हुन् ।
सांसद केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको भन्दै बजेटले स्वदेशमै रोजगारीको सम्भावना देखाउन नसकेको बताए । उनले भने- ‘यसपटकको बजेट पनि ‘कौवा (काग)लाई बेल पाक्यो हर्ष न बिस्मात’ भएको छ । आम जनता खुसी भएका छैनन् । यो बजेट मुठ्ठीभरका निम्ति बनेको भन्दा फरक पर्दैन । प्रत्येक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुन्छन् । तर, सरकारले उनीहरूलाई रोजगारी दिने गरी बजेटमा कुनै कायृक्रम समावेश गरेको छैन। रोजगारी सिर्जन ागर्न सक्ने क्षेत्रहरू कृषि, उद्योग, श्रम क्षेत्र कतै पनि रोजगारको सम्भावना देखिएको छैन ।’