काठमाडौं महानगर क्षेत्रभित्र सडक र फुटपाथ खन्न रोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ । वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदलयात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ । जारी रहेका काम भने नरोकिने महानगरपालिकाले जनाएको छ ।