एनओसी अनियमितताबारे अनुसन्धान गर्न कार्यदल गठन

२०८२ असार ३ गते, मंगलवार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा भइरहेको अनियमितताबारे अनुसन्धान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयअन्तर्गतको सानोठिमिस्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार प्रकाशित भएपछि मन्त्रालयले सो कार्यदल गठन गरेको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार छानबिन गर्न कार्यदल गठन गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले अनियमितता भएको भेटिएमा कारबाहीको लागि सिफारिस गर्ने छ ।
छानबिन र अनुसन्धान कार्यदललाई एक महिनाको समय दिइएको छ । ‘विभिन्न सवाल उठेको छ । सेवाग्राहीबाट असुविधा भएको गुनासो आएका छन् । अध्ययन गर्न कार्यदल बनाइएको हो’, प्रवक्ता सापकोटाले भने । कार्यदलले एनओसीमा भइरहेको विकृतिबारे अध्ययन अनुसन्धान गरेर नीतिगत सुधारको प्रस्ताव पनि गर्ने छ ।
कार्यदलका संयोजक काप्रीले समितिले काम सुरु गरेको बताए । उनले भने- ‘कार्यदलले काम सुरु गरेको छ। अनियमितताको विषय पनि उठेको छ । कार्यदलले समग्र अध्ययन गर्छ ।’
देश अनुसार फरक-फरक घुस रकम लिएर एनओसी बनाउने गरेको पाइएको छ । ३० हजारदेखि एक लाख माथिसम्म विद्यार्थीबाट कर्मचारीले असुल्ने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु