चीनद्वारा आफ्ना नागरिकलाई इजरायल छाड्न आग्रह

२०८२ असार ३ गते, मंगलवार


काठमाडौँ । चीनले इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै आफ्ना नागरिकहरुलाई जोर्डनको बाटो हुँदै फर्किन आग्रह गरेको छ । चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न भनेको छ । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार जोर्डन र इजिप्टसँग जोडिएको इजरायली सिमाना खुल्ला छ । त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]