‘युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता गर्दैनौं’

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि खामेनेइले सो जवाफ दिएका हुन् ।
खामेनेइले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै लेखेका छन्- ‘युद्ध सुरु भइसकेको छ । इजरायलसँग सम्झौता हुनसक्दैन ।’
उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।
इजरायलले इरानको परमाणु आयोजना र मिसाइल भण्डारण क्षेत्रमा आक्रमण गरेपछि हाल यी दुई देशबीच तनाव छ । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विनासर्त आत्मसमर्पण गर्न भनेका थिए ।