इरानको समर्थनमा अमेरिकामा प्रदर्शन

२०८२ असार ५ गते, बिहीबार


काठमाडौँ । प्यालेस्टिनी युवा आन्दोलन र समाजवादी संगठनको पिपुल्स फोरम एलायन्सको सहकार्यमा अमेरिकामा इरानको समर्थनमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले न्युयोर्कको सडकमा मार्चपास गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा प्रकाशित भिडियोमा टाइम्स स्क्वायररमा ‘इरानबाट टाढा रहो’ जस्ता नारा लगाएका छन् भने इजरायली समर्थकलाई पनि गाली गरेका छन् । यी इरानी समर्थकले म्यानहट्टनको सडकमा अघि बढेका थिए । तर न्युयोर्क प्रहरीले उनीहरुलाई इजरायली वाणिज्य दूतावास पुग्नुअघि नै रोकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]