मेडल र स्टिकर गोदाममा आगलागी

२०८२ असार ८ गते, आईतवार


काठमाडौँ । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । राजेन्द्र उदासले सञ्चालन गरेको उक्त गोदाममा आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो । सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा साढे एक घण्टापछि आगो नियन्त्रणमा लिएको छ ।
आगो निभाउन बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सुरक्षाकर्मीको टोली खटिएको थियो । सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट मात्र प्नहरी निरीक्षक नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको थियो । बिजुलीको तार सट भएर आगो लागेको अनुमान छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु