चन्द्राकार ट्रेडर्सलाई २ लाख बढी जरिबाना

२०८२ असार १० गते, मंगलवार

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्राकार ट्रेडर्सलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले आइतबार काठमाडौं महानगरपालिका–९ मा रहेको चन्द्राकार ट्रेडर्सलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो । अनुगमन क्रममा उक्त हार्डवेयर कम्पनीले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
विभागले आइतबार २० उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन गरिएका उद्योग तथा फर्ममा कपडा, जुत्ता, हार्डवेयर लगायत छन् । त्यसमध्ये १४ वटा उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ भने ४ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु