माओवादीमा पद र स्वार्थको निम्ति तँछाडमछाड !

२०८२ असार १४ गते, शनिबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय पार्टीमा विचार र सिद्धान्तभन्दापनि पद र स्वार्थको लागि तँछाडमँछाड हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले आफ्नो वर्ग बिर्सिएको भएपनि अहिले विस्तारै आफ्नो वर्गमा फर्किएको बताए ।
उनले पछिल्ला दिनहरुमा पार्टी र आन्दोलनमा धेरै नै सैद्धान्तिक, राजनीतिक, व्यावहारिक र सांस्कृतिक विचलनहरू देखिएकोमा चिन्ता व्यक्त गरे । दाहालले भने,‘हामीले कम्युनिष्ट पार्टी स्थापना भएर अगाडि जाँदै गर्दा जुन आदर्श र समर्पण भावको साथ, त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ। जनयुद्धको बेला होस् वा जनआन्दोलनको बेला । आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ । सबैतिर पदको निम्ति, स्वार्थको निम्ति तँछाडमछाड गरेको देखिन्छ ।’

प्रतिक्रियाहरु

[anycomment]