सर्वोच्च अदालतद्वारा त्रिविको तालाबन्दी तत्काल खोल्न अन्तरिम आदेश

२०८२ असार १९ गते, बिहीबार


काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को तालाबन्दी तत्काल खोल्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले आंशिक प्राध्यापकले गत जेठ ३० गतेदेखि लगाएको ताला तत्काल खोल्न आदेश दिएको हो । ६ सुत्रीय माग राखेर आंशिक प्राध्यापकहरुले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लगाएका छन् ।
त्रिविले अनुसन्धानत्मक विशिष्टको आधारमा (फास्ट ट्र्याक) सय जना शिक्षकको विज्ञापन खुलाएकोमा उनीहरुले विरोध गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयले सीमित सिट संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकेर नियम अनुसार रिक्त रहेको सम्पूर्ण दरवन्दी खुलाउनु पर्ने माग गरेका छन्

प्रतिक्रियाहरु

[anycomment]