नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२०८२ असार १९ गते, बिहीबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुने बताइएको छ। त्यस्तै अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने बताइएको छ । पार्टीसम्बद्ध युवा संगठनले बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
झाक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी अनुशासन आयोगले झाक्रीलाई तीन दिने स्पष्टीकरणसमेत सोधेको छ। त्यसको समय पनि आज सकिँदैछ।
एकीकृत समाजवादीका नेताहरूले झाक्रीलाई निलम्बनसम्मको कारबाही हुनसक्ने बताएका छन्। आजको बैठकमा पतञ्जलि प्रकरणमा अध्यक्ष नेपालमाथि लागेको आरोप, अदालतमा विचाराधीन मुद्दा र त्यसपछिको परिस्थितिबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]