संस्कृति भनेको के हो ?
“साँस्कृतिक बिनाको सेना बोधो सेना हो, र बोधो सेनाले शत्रुलाई हराउन सक्दैन ।”
– माओ त्सेतुङ, “साँस्कृतिक कार्यमा संयुक्त मोर्चा” ( अक्टुवर ३०, १९४४)
यस आलेखमा संस्कृति भनेको के हो ? भन्ने बारेमा लेख्न प्रयत्न गरिएको छ । संस्कृति आन्तरिक, मानसिक, वैचारिक तथा परम्परागत धारणा हो । सभ्यता बाहिरी पक्ष हो भने संस्कृति आन्तरिक पक्षमा रहन्छ । यो सामाजिक आचरणको परिष्कृत रुप हो । कुनै राष्ट्र वा जातिको समाजिक जीवन, राजनीति र अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रुप, धेरै समय पहिलेदेखि देश, कालसापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रुपमा विकसित हुँदै आएको आएको र आचार, विचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरुप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन, मनन् भौतिक अभिव्यक्तिहरु समेतको समुह वा साधन, कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्य परम्पराको समष्टि रुप संस्कृति हो । यसमा सामाजिक र ऐतिहासिक व्यवहारको प्रक्रियामा मानिसद्वारा निर्माण गरिएको, गरिँदै आएको र समाजको विकासमा प्राप्त भएका ऐतिहासिक चरणलाई लक्षित गर्ने समस्त भौतिक तथा आत्मिक मूल्यको योग नै संस्कृति हो ।
संकुचित अर्थमा भौतिक संस्कृति, प्रविधि, उत्पादन अनुभव, भौतिक मूल्य तथा आत्मिक संस्कृति, विज्ञान, कला तथा साहित्य, दर्शन, नैतिकता र शिक्षा आदि पर्दछन् । संस्कृति ऐतिहासिक परिघटना हो । यसको विकास सामाजिक र आर्थिक रचनाका क्रममा नर्भर गर्दछ । आदर्शवादी (आध्यात्मवमदी) सिद्धान्तले आत्मिक संस्कृतिलाई भौतिक आधारबाट अलग गर्दछ र यसलाई सम्भ्रान्त वर्गको निर्माणको रुपमा लिन्छ । तर, माक्र्सवादले भौतिक सम्पदाको उत्पादनको प्रक्रियालाई आत्मिक संस्कृतिको विकासको आधार र श्रोत मान्दछ ।
संस्कृति दुई किसिमका हुन्छन् – (१) भौतिक र (२) आत्मिक
(१) भौतिक संस्कृति ः
भौतिक संस्कृति त्यो हो जसले मानिसद्वारा उत्पादनको निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगको प्रक्रियामा प्राप्त गुणात्मक उपलब्धिको स्तरलाई अभिव्यक्त गर्दछ । भौतिक संस्कृति भन्नाले श्रमका आौजार, उत्पादनमूलक गतिविधि, दैनिक जीवनमा प्रयोग गरिने सामाग्री र मानवीय क्षमताको विकास, ज्ञान तथा स्तरको समग्र प्रक्रियालाई बुझ्नुपर्छ ।
(२) आत्मिक संस्कृति ः
आत्मिक संस्कृति त्यो हो जसमा मानिसको प्रकृति तथा सामाजिक जीवनसम्बन्धी ज्ञान, दृष्टिकोण, क्षमता र आचरणको स्तर अभिव्यक्त भएको हुन्छ । आत्मिक संस्कृति अन्तर्गत दर्शन, राजनीति, नैतिकता, शिक्षा, कला, सौन्र्दर्य चिन्तन, विज्ञान आदि विषय पर्दछन् । समग्रमा संस्कृति भनेको मानिसद्वारा आर्जित भौतिक तथा आत्मिक मूल्यहरुको संश्लेषण हो ।
संस्कृति के हो ? भन्ने प्रश्नमा संस्कृति सम्बन्धित समाजको आर्थिक तथा राजनीतिक जीवनको वैचारिक प्रतिबिम्ब हो । संस्कृति समस्त उत्पादनमूलक गतिविधि सहित विचार, भावना, मूल्य, दृष्टिकोण, अभिमत, अभिरुचि र आचरणमा आधारित हुन्छ । सामाजिक चेतनाका विभिन्न रुपहरुले संस्कृतिको संवाहन गर्दछन् । वर्गसमाजमा सामाजिक चेतनाका सबै रुपहरु वर्गीय हुने भए झै संस्कृतिको रुप पनि वर्गीय हुन्छ ।
संस्कृतिको इतिहास ज्यादै लामो छ । संस्कृतिको इतिहास उत्पादनमा सम्बन्धको विकासको इतिहास हो । मानव जातिको सिंगो इतिहास आदिम साम्यवादी समाजबाट दासमालिक समाज र सामन्तवादी समाज हुँदै पूँजीवादी समाज र वैज्ञानिक समाजवादी समाजतर्फ विकसित हुँदै आएको छ । र यी सबै समाजका आ–आफ्नै प्रकारका संस्कृति हुन्छन् । संस्कृतिको विकास सम्बन्धित समाजमा विद्यमान उत्पादक शक्ति र उत्पादन सम्बन्ध तथा आधार र उपरिसंरचना बीचको अन्तर्विरोध र विभिन्न वर्गहरुको संघर्षका बीचबाट हुन्छ । दासमालिक तथा सामन्तवादी समाजमा जनविरोधी तथा जनवादी संस्कृतिकाबीच र पूँजीवादी समाजमा पूँजीवादी तथा वैज्ञानिक समाजवादी संस्कृतिककाबीच संघर्ष चल्दछ । ठीक त्यसैगरी नै समाजवादी समाजमा पनि प्रतिक्रियावादी संस्कृति र वैज्ञानिक समाजवादी संस्कृतिका बीच चल्नेछ गर्दछ । मानव जातिको इतिहासमा प्रतिक्रियावादी संस्कृतिको ध्वंसका बीचबाट जनवादी संस्कृतिको निर्माण हुदै आएको छ र निरन्तर जारी रहनेछ । यो प्रक्रियालाई पुरानाको ध्वंस र । नयाँको निर्माणका प्रक्रिया पनि भनिन्छ । तर यो प्रक्रियामा माक्र्सवाद ध्वंसवादको विरोधी र भौतिकवादी द्वन्द्ववादको पक्षपाती रहेको छ । यस विषयमा लेनिनले भन्नुभएको छ, “माक्र्सवादले क्रान्तिकारी सर्वहारा वर्गको विचारधारात्मक रुपमा आफ्नो विश्व ऐतिहासिक महत्व कुन कारणले हासिल ग¥यो भने पूँजीवादी युगका सबैभन्दा मूल्यवान उपलब्धिहरुलाई कदापि परित्याग गरेन । यसको उल्टो त्यसले त्यो सबैलाई आत्मसात ग¥यो र नयाँ रुपमा ढाल्यो, जुन मानवचिन्तन तथा संस्कृतिका दुई हजार भन्दा बढी वर्षहरुको विकासमा मूल्यवान थियो ।– लेनिन, संकलित रचनाएं, चार खण्डो मे, खण्ड चार, पृष्ठ २७१, प्रगति प्रकाशन मस्को, १९८८ । संस्कृतिसम्बन्धी लेनिनका यी माथिका भनाइहरु अत्यन्तै मननीय रहेका छन् ।
साम्राज्यवादको विकाससंगै पूँजीवादी समाजमा संस्कृतिलाई दुई भागमा विभाजित गरिएको छ ः
(१) अभिजात वर्गीय संस्कृति
(२) लोकप्रिय संस्कृति ।
(१) अभिजात वर्गीय संस्कृति ः
अधिजात वर्गीय संस्कृति भनेको उच्च वर्गीय संस्कृति हो । पूँजीपति वर्गले आपूmलाई यसै उच्च वर्गको संस्कृतिको संवाहक बताउँदै आएको छ ।
(२) लोकप्रिय संस्कृतिलाई निम्न वर्गीय व भीड संस्कृति बताउने गरेको छ ।
पूँजीवादले संस्कृतिलाई उद्योगको रुपमा लिएको छ । पूँजीवादी समाजमा साहित्य, नाटक, कला, गीत– संगीत, सिनेमा सहित समग्र संस्कृतिलाई माल बनाई त्यसको बजारीकरण गरिएको छ । पूँजीवादी संस्कृति उपभोक्तावादी संस्कृति हो । यसले निराशा, कुण्ठा, अश्लीलता, हिंसा, विकृति, व्यविचार, जासुसी, धर्म, रहस्य जस्ता कुरालाई प्रोत्साहित गर्दछ । पूँजीवादी संस्कृतिले जनतालाई वैज्ञानिक दृष्टिकोण, वर्गचेतना र क्रान्तिबाट विमुख बनाइने षड्यन्त्रमा आधारित रहेको छ । उपभोक्तावादी संस्कृतिले मानिसलाई सन्निहित उच्च सांस्कृतिक मूल्य, आदर्श, अभिरुचि तथा रचनात्मक ऊर्जालाई ध्वस्त तुल्याउछ र उसलाई एक निरीह उपभोक्ता प्राणीमा बदलिदिन्छ । यसका साथै आज उत्तर आधुनिकतावादीहरुले एकातिर अब यी दुई उच्च र निम्न संस्कृतिका बीचको भेद समाप्त भयो भन्ने कुरा बताइरहेका छन् भने अर्कोतिर राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्कृति बीचम पनि कुनै भिन्नता छैन भनेर ठूलो भ्रम पैदा गरिरहेका छन् । यसको वास्तविक अर्थ साम्राज्यवादी संस्कृतिलाई श्रेष्ठ बनाउँदै उत्पीडित राष्ट्रहरु र विश्व जनसमुदायलाई साँस्कृतिक साम्राज्यवादका सामु आत्मसमर्पण गराउन खोज्नु बाहेक अरु केही होइनन् । विश्व सर्वहारा वर्ग, श्रमजीवी वर्ग, प्रगतिशील जनसमुदाय यी सबै कुराप्रति सचेत तथा सतर्क रहन जरुरी छ ।
संस्कृतिको क्षेत्र विचारधारात्मक क्षेत्र अन्तर्गत पर्दछ । त्यस कारण यो क्षेत्रलाई क्रान्तिकारी कम्युनिस्ट तथा सर्वहारा वर्गले दुई अर्थमा ग्रहण गर्नुपर्ने हुन्छ ।
(१) पहिलो ः विचारधारात्मक संघर्ष, क्रान्ति वा परिवर्तनको प्रकृति राजनीतिक संघर्ष, परिवर्तन वा क्रान्तिको प्रकृतिको तुलनामा दीर्घकालीन हुने गर्दछ । त्यसैले विचारधारात्मक संघर्ष क्रान्ति अघि र पछि पनि निरन्तर चलाउँदै जानुपर्ने हुन्छ ।
(२) दोस्रो ः क्रान्ति र प्रतिक्रान्ति दुबैका लागि विचारधारात्मक क्षेत्रको विशेष महत्व हुन्छ । यसै सन्दर्भमा चीनमा कमरेड माओत्सेतुङले सन् १९६६ देखि १९७६ सम्म महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभएको थियो ।
महान् सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा कमरेड माओले भन्नुभएको थियो, “राजनीतिक सत्ता प्राप्त गर्नका लागि सबैभन्दा पहिले जनमत तयार पार्न र विचारधारात्मक क्षेत्रमा काम गर्न जरुरी छ । यो कुरा क्रान्तिकारी वर्गका साथ साथै प्रतिक्रान्तिका लागि पनि सत्य हो ।” यो कुरा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र व्यवहार मै प्रमाणित भइसकेको छ ।
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको एक दस्तावेजमा अगाडि भनिएको छ, “यद्यपि पूँजीपति वर्ग सत्ताबाट फ्याकिइसकेको छ तापनि शोषक वर्गले अझै आफ्ना पुराना विचार, संस्कृति, रीतिरिवाज, चालचलन र आदतहरुको प्रयोग गरी जनतालाई भ्रमित गर्ने, उनीहरूको मन मस्तिष्कलाई नियन्त्रण गर्ने र सत्तालाई हत्याई पुरानै अवस्थामा फर्काउने अनेकौं प्रयत्न गरिरहेको छ । त्यसैले सर्वहारा वर्गले ठीक उल्टो त्यसको दृढतापूर्वक प्रतिवाद गर्नु पर्दछ र साथै सर्वहारा वर्गको नयाँ विचार, संस्कृति, नयाँ चालचलन र आदतहरुको प्रयोग गरेर सिंगो समाजको मानसिक दृष्टिकोण बदल्नु पर्दछ ।”– “त्जभ मयअगmभलतक या तजभ न्चभबत एचयभितिबचबष्ल ऋगतिगचब िच्भखयगितष्यल ष्ल ऋजष्लब, क्ष्ल तजचभभ खय. ज्ञ,ढ, ब्लतबचबचबकजतचष्थब इचबपबकजबल २००८.
महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको समयमा प्रस्तुत यी माथिका विचारहरु विचारधारा र संस्कृतिका क्षेत्रमा विद्यमान शोषक वर्ग र शोषित वर्ग तथा क्रान्ति र प्रतिक्रान्तिका बीचको भीषण संघर्षलाई संश्लेषित रुपमा बुझ्न निकै महत्वपूर्ण रहेका छन् । यसबाट क्रान्तिकारी कम्युनिस्टहरू र विश्व सर्वहारा वर्गले के कुरा बुझ्न जरुरी छ भने साँस्कृतिक रुपान्तरणको प्रक्रिया सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको प्रक्रिया हो र यो निकै जटिल र कष्टसाध्य हुने गर्दछ । तर पनि क्रान्तिकारी कम्युनिस्टहरू यो प्रक्रियामा निरन्तर संलग्न भइरहनु पर्दछ ।
नेपालमा लामो समयदेखि अर्ध सामन्ती र अर्ध नवउपनिवेशिक अवस्थामा रहिआएको छ र दलाल तथा नोकरशाही पूँजीवाद तथा सामन्तवाद एवं साम्राज्यवाद तथा विस्तारवादको दोहोरो उत्पीडनको शिकार बन्दै आएको छ । नेपालमा एकातिर विभिन्न प्रकारका प्राकृतिक धर्म, कबयलातन्त्री तथा सामन्ती मूल्य, मान्यताको अस्तित्व रहिआएको छ भने अर्कोतिर ब्राह्मणवाद एवम् हिन्दु धर्मको प्रभुत्व कायम रहेको छ । साथै यहाँ साम्राज्यवादी तथा विस्तारवादी वैचारिक प्रदूषण पनि पुरै देशभरि फैलिएको छ । यसका अतिरिक्त नेपालमा सर्वहारावादी संस्कृतिको पनि प्रवेश र विकास हुँदै आएको छ । ठीक त्यसैले वर्तमान नेपालमा जनविरोधी अर्राष्ट्रिय अवैज्ञानिक र जनवादी राष्ट्रिय तथा वैज्ञानिक संस्कृतिका बीच लामो समयदेखि भीषण संघर्ष चल्दै आएको छ । यो संघर्षलाई अनेकौं जनआन्दोलन, वर्गसंघर्ष र सशस्त्र संघर्ष र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा सञ्चालित महान् दस वर्षे जनयुद्धको प्रक्रियामा उल्लेखनीय ऊर्जा प्राप्त भएको थियो । तर महान् दस वर्षे सशस्त्र जनयुद्धमाथि प्रमुख नेतृत्वबाट प्रतिक्रान्तिका श्रृङखलाहरु अगाडि बढाइएपछि माओवादी आन्दोलन नै विसर्जन हुन पुगेपछि नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी संस्कृतिमा भीषण प्रतिक्रान्ति हुनु स्वाभाविक छ । अब नयाँ जनवादी संस्कृतिलाई विकसित तुल्याउनका । लागि नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवाद–लेनिनवाद– माओवादको आलोकमा वैचारिक, भावनात्मक तथा सांस्कृतिक रुपान्तरणको प्रक्रियालाई प्रभावकारी ढंगले अगाडि बढाउन जरुरी छ । साँस्कृतिक रुपान्तरणका लागि अग्रगति प्रदान गर्न प्रचारात्मक र क्रियात्मक दुबै क्षेत्रमाथि ध्यान दिन आवश्यक हुन्छ । साँचो कुरा के हो भने हरेक समाजमा नयाँ विचार र मूल्यहरु सामाजिक क्रान्तिको बीचबाट विकसित हुन्छन् । माक्र्सवादी विचारधाराले जनवाद, देशभक्ति र राष्ट्रिय मुक्तिको संस्कृतिलाई स्वीकार्दै अन्ततः सर्वहारा अन्तर्राष्ट्रियतावाद र वैज्ञानिक साम्यवादको पक्षपोषण गर्दछ । तसर्थ यी सबैको पूर्ति नयाँ जनवादी क्रान्तिको प्रक्रियाबाट वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवादमा गएर नै हुन्छ ।
–लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।