कांग्रेसले संविधान संशोधनका लागि संवाद गर्न कार्यदल बनाउने

२०८२ असार २४ गते, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि संवाद गर्न कार्यदल बनाउने जनाएको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि पार्टी इमान्दार रहेको भन्दै संवाद गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा संविधानमा आवश्यक संशोधन गरी कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने उल्लेख गरिएको थियो ।
संविधानको रक्षा एवं कार्यान्वयनको प्रमुख दायित्व र जिम्मेवारी आफूहरूको भएको भन्ने विषयमा कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध रहेको बैठकको निर्णयमा भनिएको छ । संविधान संशोधनका विषयलाई अघि बढाउन पार्टीबाट कार्यदल गठन गर्ने निर्णय समेत गरिएको छ । कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]