नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

२०८२ असार २४ गते, मंगलवार


काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् । नेतन्याहुले ट्रम्पसँगको भेटमा यो सम्मानका लागि ‘उचित रूपमा योग्य’ भएको बताएका थिए ।
ट्रम्पले आफूलाई सधैं ‘शान्तिका दुत’को रूपमा वर्णन गर्दै नोबेल पुरस्कारप्रति आफ्नो चाहना खुलस्त रूपमा व्यक्त गर्दै आएका छन ।
पत्रकारहरूसामु बोल्दै ट्रम्पले नेतन्याहुबाट यस्तो कुरा सुन्नु निकै अर्थपूर्ण रहेको भन्दै धन्यवाद दिए । सोमबार, ट्रम्पले हालैका अमेरिकी हवाई आक्रमणपछि इरानका अधिकारीहरूबाट वार्ताको प्रस्ताव आएको पुष्टि गरेका छन । उनको साथमा बसेका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफले वार्ता सम्भवतः एक हप्ताभित्रै हुनसक्ने बताएक छन ।

यसअघि पाकिस्तान सरकारले पनि ट्रम्पलाई २०२६ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिसकेको छ। भारत–पाकिस्तानबीचको युद्धको सम्भावनालाई रोक्न ट्रम्पले गरेका कूटनीतिक पहल र मध्यस्थताले ठूलो द्वन्द्व टार्न सहयोग पुर्‍याएको भन्दै पाकिस्तानले ट्रम्पलाई मनोनयन गरेको हो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]