गाजामा इन्धन अभाव: अस्पतालमा समस्या , एम्बुलेन्स चल्नसमेत कठिन

काठमाडौँ । इजरायलका कारण गाजामा इन्धन अभाव भएको छ – जसका कारण अस्पतालमा समस्या हुन थालेको छ भने समस्या बढ्दै गए पछि धेरै बच्चालाई एउटै इन्ब्युकेटरमा राख्न थालिएको छ। इन्धन बचाउनका लागि यसो गरिएको बताइन्छ। संयुक्त राष्ट्र संघले समेत इन्धन अभाव बढ्दै गएको तथा समस्या आएको बताएको छ। अस्पताल र एम्बुलेन्स नै चल्न नै कठिन भएको छ भने पिउने पानीको अभाव बढेको छ। यसअघि नै गाजामा इजरायलले गरेको ११ साता लामो प्रतिबन्धको असर देखिएको थियो। सो प्रतिबन्धका कारण गाजामा मानवीय अवस्था नै खराब बनेको छ।- एजेन्सी