घिउ सिमीमा अत्यधिक विषादी !

२०८२ असार २६ गते, बिहीबार


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले काभ्रेबाट ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १५ पसलका तरकारी तथा फलफूल परीक्षण गर्दा घिउ सिमीमा विषादीको मात्रा धेरै भेटिएको र उपभोग अयोग्य रहेको खुलाएको छ।
सरकारले ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी उपभोगका लागि अयोग्य मान्ने मापदण्ड बनाएको छ र मंगलबार रायो सागमा पनि अत्यधिक विषादी भेटिएको थियो।
केन्द्रीय कृषि प्रयोगशालाले आज कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा घिउ सिमीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त घिउ सिमी उपभोग अयोग्य रहेको जनाइएको छ ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । यसअघि मंगलबार पनि रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]