४० किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंबाट ४० किलोग्राम गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शंकर चेपाङ, काठमाडौं महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ छन्। उनीहरूको साथबाट प्रहरीले एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ। उनीहरूले काठमाडौं कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ।