घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताद्वारा राजीनामा

काठमाडौँ । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिनुभएको छ ।
उनले सामाजिक सञ्जालबाट प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन ।
गुप्ताले विगत केही दिनदेखि निरन्तर आफ्नो नाममा घुस प्रकरणमा जोडेर प्रचार गरेको भन्दै कहिलेकाहीँ नखाएको विष पनि लाग्ने र आफू त्यसको सिकार भएको उल्लेख गरेका छन । उनले लागेका आरोपको अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा गरेको उल्लेख गरेका छन ।
साथै मन्त्री गुप्ताले आफू प्रविधिको प्रयोगको सिकार भएको उल्लेख गर्दै अब देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको काम पूरा गर्ने प्रतिबद्धता सहित जनताको घरदैलोमा जाने बताएका छन ।