गत आ.व. मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय ४९ जनाको मृत्यु

२०८२ श्रावण ३ गते, शुक्रबार


काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा अपराधका घटनाहरूमा वृद्धि भएको छ । महानिरीक्षक थापाले शुक्रबारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको हो । उनकाअनुसार २०८०-०८१ सम्ममा असार मसान्तसम्ममा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो । आ.व. २०८१/०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन् ।
सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कुल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ । त्यसपछि सबैभन्दा धेरै मधेस प्रदेश र कोशी प्रदेश रहेको छ । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् ।
महानिरीक्षक थापाले सवारी दुर्घटनाको स्थिति भयावह रहेको बताए । उनले झन्डै एक दिनमा सातदेखि १० जनाको मृत्यु हुने गरेको र यो मधेस प्रदेशमा बढी रहेको बताए ।
महानिरीक्षक थापाले आ.व. २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको जानकारी दिए । उनले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताउदै एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामिण गस्ती ७ सय १२ हुने गरेको बताए । उनको २४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा खटिने गरेको बताउदै नेपाल प्रहरीलाई नेपालभर २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु