नेप्से २१.७६ अंकले बढ्यो !

काठमाडौँ । नेप्से २१.७६ अंकले बढेर २८९२ अंकमा कायम भएको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो । आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ को घट्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो । बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, निर्जीवन बीमा १.२७, अन्य १.८४ तथा व्यापार ०.४३ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर र सान्भी इनर्जी छन् । उन्नति सहकार्य लघुवित्तको ९.४०, फस्र्ट माइक्रोफाइनान्सको ८.९९ प्रतिशत मूल्य बढ्यो ।
तीन कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ । १० प्रतिशत घटेका कम्पनीमा ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । सिन्धु विकास बैंकको मूल्य ६.३६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर, फस्र्ट माइक्रोफाइनान्स र लुम्बिनी विकास बैंक रहे ।