प्यालेष्टाइनको बाटोमा जान लागेको नेपाल
नेपाल पनि प्यालेष्टाइनको बाटोमा जानलागेको राजनीतिक क्षेत्रमा सुप्तरुपमा चर्चा हुनथालेको छ । भाषा, धर्म, जाति र राष्ट्रिय एकतामा आक्रमण गरेर उपरोक्त अवस्थाको सिर्जना गर्दै लगिएको छ । गतसाताको एक कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खुलेरै सो कुरा सार्वजनिक गरेपछि यसप्रति देशभक्त नेपालहरुका माझमा चिन्ता र चासो पनि व्यक्त हुनथालेको छ । ०४६ को परिवर्तनपछि आकारमा देखिएको विदेशी हस्तक्षेप ०६३ को परिवर्तनपछि अनिभूत बन्दैगएको देखिएको छ । ०७८ फागुन २५ गते केही आपूmलाई वामपन्थीभन्ने समूह र नेपाली कांग्रेसको पहलमा नेपालको संसदबाट विवादास्पद अमेरिकी योजना एमसीसी पारित भएको नाटकीय घोषणा गरिएपछि नेपालमा मुख्यत अमेरिकाले जरो गाड्दैगएको स्पष्ट छ । झन युएसएआइडीमार्फत आएको सम्पूर्ण सहयोग र नेपालको संघीय शासनका लागि गरिएको गलानी कटौती गरेपनि एमसीसी परियोजना सुचारु गर्ने अमेरिकाको पछिल्लो घोषणाले त नेपालमा अमेरिकाले राम्रैसँग आँखा गाडेको रहस्य खुलेको छ । खासगरी ०६३ पछि नेपालमा लागू गराईएका संघीयता, जातीय समावेशी, धर्मनिरपेक्षता र समानुपातिक निर्वाचन प्रणालीलगायतका एजेण्डाहरु साम्राज्यवादी र त्यो पनि अमेरिकी एजेण्डा भएको पछिल्ला धेरै घटनाक्रमहरुले स्पष्ट गरेका छन् । अब त्यसमा कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली थप्न खोजिँदैछ । नेपालको संघीयताका लागि अमेरिका र युरोपियन यूनियनलगायतले लगानी गर्दैआएको रहस्य खुलेपछि त नेपाललाई कता लानलागिएको होभन्ने स्पष्ट भएको छ । ०६३ को परिवर्तनपछि नेपालमा मुख्यत दुईवटा एजेण्डाको कार्यान्वयन गर्ने–गराउने प्रयास भइरहेको देखिन्छ । पहिलो संघीयताको आवरणमा नेपाललाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा अस्तव्यस्त बनाउँदै विघटनमा पु¥याउने र दोश्रो नेपालका कम्युनिष्टहरुलाई बदनाम र छिन्न भिन्न बनाउँदै सकेसम्म समाप्त बनाउने । जसका लागि खुल्ला र छद्म दुबै उपायहरुको प्रयोग गरिएको देखिएको छ । नेपालका एमसीसी समर्थक कम्युनिष्ट समूहहरुले त गत ०७९ मंसिर चारको निर्वाचनलाई माध्यम बनाएर नेपाली कांग्रेस र माओवादी भनेका उस्तै पार्टी हुन भन्नेसम्मको प्रचार गरेका थिए । उनीहरुले नेपालको जलश्रोत सम्पूर्णरुपमा भारतलाई सुम्पिसकेका छन्भने जन्मका आधारमा नागरिकता दिने प्रावधान अगाडि सारेर झण्डै ५० लाख भारतीयलगायतका विदेशी नागरिकका सन्तानलाई नेपाली नागरिकता प्रदान पनि गरिसकेका छन् ।
नेपालबाट बिवाह भएर जानेहरुले भारतका अंगिकृत नागरिकता लिन सातबर्ष कुनुपर्ने ब्यवस्था छ । अमेरिकाले हालै त्यहाँ जन्मदैमा नागरिकता दिनुपर्छभन्ने बाध्यता नभएको नीति ल्याएको छ । तर नेपालमाभने जन्मका आधारमा नागरिकता दिने र बाबुको ठेगान नभएकालाई पनि नागरिकता दिने प्रबन्ध गरेर भित्री ढोकाबाट विदेशीका सन्तानलाई भित्र्याउने प्रबन्ध गरिएको छ । त्यसैगरी ०६३ को परिवर्तनपछि नेपालमा रोजगारीको संकटको सिर्जना गरेर झण्डै एककरोड नेपालीलाई विश्वका बिभिन्न मुलुकमा भौतारिन बाध्य बनाइएको छ । त्यसमध्ये कतिपयलाई अमेरिका लगायतका मुलुकले नेपालमा डिपोट गरेका छन्भने कतिपय विश्वका विभिन्न मुलुकका जेलमा थुनामा रहेका छन् । नेपालमा दोहोरो दर्ता र दोहोरो करको व्यवस्था गरेर नेपाली उद्योगी–व्यवसायीहरुलाई विस्थापित गराउने र विदेशीलाई नेपालमा लगानी गर्न विश्वभर आह्वान हुने काम पनि तीव्ररुपमा भैरहेको छ । आब ०८२–०८३ को बजेटमा नेपालीलाई विदेशमा लगानी गर्न बाटो खुल्ला गरेर बचेखुचेका उद्योगी–व्यवसायीलाई पनि नेपालबाट पलायन हुन प्रोत्साहन गरिएको छ । त्यसैगरी ०७२ को संविधानमै जातीयताको व्यवस्था गरेर विभिन्न जातजाति, भाषाभाषि र क्षेत्रका नेपालीहरुबीच बिवादको सिर्जना गराइएको छ । यो नेपालीहरुलाई एकतावद्ध हुन नदिने साजिस भएको प्रष्ट छ । त्यसैगरी धार्मिक संक्रमण पनि तीव्र पारिएको छ । सबै घटनाक्रमलाई हेर्दा जसरी पनि नेपालबाट नेपालीलाई विस्थापित गराएर विदेशीलाई स्थापित गराउने काम तीव्र ढंगले भैरहेको देखिन्छ । यस्तै अवस्था होभने भोली नेपाल र नेपाली भन्ने कुरा इतिहासमामात्र बाँकी रहने देखिएको छ । अमेरिकीहरुले यस्तै घटना गराएका कारण प्यालेष्टाइनहरु आज आफ्नै भूमीमा परदेशीजस्ता मात्र नभएर शरणार्थीजस्ता भएका छन् । आफ्नो भूमीको लागि भएको संघर्षमा दुईवर्ष यतामात्र झण्डै ५० हजारले ज्यान गुमाइसकेको अवस्था छ ।
आज पनि उनीहरुलाई आफ्नो भूमिबाट बेदखल गराएर सो भूमी कब्जा गर्न अनेक प्रयासहरु भैरहेका छन् । नेपालको यसअघिको सरकारले आफ्नो मातृभूमिका लागि लडिरहेका प्यालेष्टाइनलाई ‘आतंककारी’ घोषणा गर्नुका साथै इजरायलीहरुसँग सहकार्य गर्ने प्रयास गरेको थियो । उनीहरुलाई नेपालको कृषिमा आमन्त्रण गरेर नेपाली किसानलाई समेत विस्थापित गराउने प्रयास पनि अगाडि बढाइएको थियो । जुन प्रयास हालसम्म पनि कायमै रहेको छ । नेपालको अस्थित्व समाप्त गराउने प्रयास कसरी भैरहेको छभन्ने कुरा बुझ्नका लागि प्यालेष्टाइनहरुको इतिहास बुझ्न आवश्यक छ । आजको सम्पूर्ण विश्व कूल ९५ अर्ब २९ करोड ६० लाख एकड जमिनमा बसेको छ । जहाँ करिब आठ अर्ब मानिस रहेको अनुमान छ । ९५ अर्ब २९ करोड ६० लाख एकड जमिनमध्ये केवल ३५ एकड जमिनका लागि प्यालेष्टाइनहरु वर्षौंदेखि युद्ध गर्दै आएका छन् । जुन युद्धमा लाखौंको ज्यानसमेत गइसकेको छ । तर आजसम्म पनि त्यो ३५ एकड जमिनको स्वामित्वकाबारेमा संघर्ष रोकिएको छैन । हमास र इजरायलबीच भएको पछिल्लो युद्ध त्यही ३५ एकड जमिनको स्वामित्वकै लागि भएको स्पष्ट छ । जेरुशलममा रहेको सो ३५ एकड जमिनको सम्बन्ध तीनवटा धर्मसँग रहनपुगेको छ । सो स्थानलाई यहुदीहरु हर–हवाइयत या टेम्पल माउन्ट भन्छन् । जबकि मुस्लिमहरु यसलाई हरम अल शरीफभन्ने गर्दछन् । कुनैबेला सो स्थान प्यालेष्टाइनको नियन्त्रणमा थियो । पछिल्ला दिनमा त्यसलाई इजरायलले कब्जा ग¥यो । शुरुमा इसाईहरुको कब्जामा रहेको सो स्थान सन् ११८७ मा मुस्लिमहरुले कब्जा गरेका थिए । त्यतिबेलादेखि सन् १९४८ सम्म त्यहाँ मुस्लिमहरुकै कब्जा थियो । सन् १९४८ मा इजरायलको जन्म भएपछि उक्त जमिनको टुक्रालाई लिएर बिवाद शुरु भएको हो । सो जमिनकाबारेमा यहुदी, इसार्ई र मुस्लिम एकापसमा लड्दै आएका छन् । मुस्लिम मान्यताअनुसार मक्का र मदीनापछि हरम अल शरीफ उनीहरुको तेश्रो पवित्र स्थल हो । मुस्लिम धर्मग्रन्थ कुरानकाअनुसार पैगम्बर मोहम्मद मक्काबाट उड्ने घोडा चढेर अल शरीफ पुगेका थिए र त्यहीँबाट उनी ‘जन्नत’ पुगे भनिन्छ ।
त्यही मान्यताका आधारमा जेरुशलममा मौजुद हरम अल शरीफमा एक मस्जिद बनाइयो जसको नाम अल अक्सा मस्जिद हो । जेरुशलममा पुग्दा पैगम्बर मोहम्मदले पहिलो पाइला टेकेको ठाउँमै त्यो मस्जिद रहेको बताइन्छ । यहुदीहरु जेरुशलमको उक्त ३५ एकड जमिनमा टेम्पल माउन्ट रहेका कारण आफ्नो दाबी गरिरहेका छन् । उनीहरुको धर्मग्रन्थअनुसार अब्राहमका दुई छोरा थिए– इस्माइल र इसहाक । अब्राहमसँग जब ‘खुदा’ले ‘कुर्बानी’ मागे, उनले इसहाक नाम गरेको छोरालाई ‘कुर्बान’ गर्ने फैसला लिए । तर, ‘फरिस्ते’ले इसहाकको ठाउँमा एउटा भेँडालाई राखिदिए । जुन स्थानमा यो घटना भएको थियो, त्यही स्थानलाई यहुदीहरु टेम्पल माउन्ट भन्दछन् । पछि इसहाकको एउटा छोरा जन्मियो, जसको नाम जेकब थियो । उसको अर्को नाम इजरायल थियो । इजरायलका १२ छोरा भए । यहुदीहरुको मान्यताअनुसार यिनकै सन्तानहरु मिलेर यहुदी देश बनेको थियो । सन् १९४८ मा इजरायलको दाबेदारीको आधार पनि यही थियो । इसाईहरुकाअनुसार इसा मसिहले उक्त ३५ एकड जमिनबाट उपदेश दिएका थिए । सोही जमिनमै उनी सुलीमासमेत चढेका थिए । इसा मसिह फेरि जिउँदो भएर आउँदा सो भूमिको एक अहम् भूमिका रहने उनीहरुको विश्वास छ । त्यसैले मुस्लिम र यहुदीलेजस्तै इसाईहरुले पनि यो भूमिलाई पवित्र मान्दछन् । सन् ११८७ भन्दा अघि केही समय हरम अल शरीफ या टेम्पल माउन्टमाथि इसाईको कब्जा थियो । सन् ११८७ मा हरम अल शरीफमाथि मुस्लिमले कब्जा गरे । त्यसपछि यसको पूरा जिम्मेवारी इस्लामिक ट्रष्टलाई दिइयो । सन् १९४८ सम्म इस्लामिक ट्रष्टले नै त्यसको जिम्मेवारी लिँदैआएको थियो ।
त्यतिबेलासम्म त्यहाँ गैरमुस्लिमको प्रवेश निषेध थियो । सन् १९४८ सम्म हरम अल शरीफ प्यालेष्टाइनको एक भाग थियो । जबकि त्यतिबेला पनि त्यहाँ केही यहुदी शरणार्थीकारुपमा रहँदै आएका थिए । तर त्यो बेला प्यालेष्टाइन अंग्रेजको अधिनमा थियो । सन् १९४८ मा अंग्रेजले प्यालेष्टाइनलाई विभाजन गरिदिए । ५५ प्रतिशत जमिनको हिस्सा प्यालेष्टाइनले पाएको थियोभने ४५ प्रतिशत इजरायलको भागमा परेको थियो । त्यसपछि १९४८ को १४ मेमा इजरायलले आपूmलाई स्वतन्त्र राष्ट्र घोषित ग¥यो र विश्वमा पहिलो पटक एक यहुदी देशको जन्म भएको थियो । त्यसपछि इजरायल र प्यालेष्टाइन दुवैले जेरुशलमलाई आफ्नो राजधानी बनाउन चाहेका कारण युद्ध भड्किएको थियो । धार्मिक दृष्टिले जेरुशलम मुस्लिम र यहुदीकोमात्र नभएर इशाइका लागि खास स्थल भएकाले संयुक्त राष्ट्रसंघले प्यालेष्टाइनलाई फेरि विभाजन गरिदियो । जसअनुसार जेरुशलमको आठ प्रतिशत हिस्सा संयुक्त राष्ट्रसंघको अधिनमा पुगेको थियो । ४८ प्रतिशत जमिन प्यालेष्टाइन र ४४ प्रतिशत जमिन इजरायलको कायम भएको थियो । सम्झौताका बाबजुद १९५६, १९६७, १९७३, १९८२ मा इजरायल र प्यालेष्टाइनबीच युद्धहुँदा इजरायलले प्यालेष्टाइनको अधिकांश भू–भाग कब्जा गर्दै गयो । पहिला ५५ प्रतिशत भू–भाग पाएको प्यालेष्टाइन ४८ प्रतिशतमा झारियो । पछि २२ प्रतिशत हुँदै हाल १२ प्रतिशत भू–भागमा सीमित गरिएको छ । यतिबेला जेरुशलमलाई छाडेर इजरायलले बाँकी करिब ८० प्रतिशत भू–भागमा आफ्नो कब्जा जमाइसकेको छ । अझै प्यालेष्टाइनहरुलाई भूमीबिहीन बनाउने प्रयास जारी छ । यसरी हेर्दाहेर्दै प्यालेष्टाइन राज्यबिहीन र भूमी बिहीन बन्दैगएका छन् । नेपालमा पनि त्यस्तै विभिन्न घटना घटाएर आफ्नो मातृभूमीबाट बेदखल गराउने प्रयास भैरहेको देखिएको छ । यो देशभक्त नेपालीहरुका लागि ठूलो चिन्ता, चासो र छलफलको विषय भएको छ ।