कामपाभित्र नियम विपरीत कार्य गरे ५० हजार रुपैयाँसम्म जरिवाना !

२०८२ श्रावण १२ गते, आईतवार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र गुड्ने सवारी साधनले तोकिएको नियम विपरीत कार्य गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐनमा सवारी साधनलाई विभिन्न ५ शिर्षकमा जरिवाना तोकेको हो । महानगरले यी जरिवाना यातायात व्यवस्था ऐनमा भएकाभन्दा बाहेक आफ्नो हिसाबले तोकेको हो ।
काठमाडौँ महानगरले तोकेको शिर्षक अनुसारको जरिवाना यस प्रकार रहेको छ-
१. महानगरले जथाभावी पार्किङ गरेमा ५ हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । तोकिएका स्थान बाहेकका स्थलमा पार्किङ गर्ने मोटरसाइकल, स्कुटरले १ हजार, कार, जीप, डेलिभरी भ्यान जस्ता चारपाँग्रे सवारी साधनले २ हजार ५०० रुपैयाँ, मिनीबस, मिनीट्रक लगायत मझौला सवारी साधनले ३ हजार ५०० रुपैयाँ र बस, ट्रक जस्ता ठूला सवारी साधनले ५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
२. सार्वजनिक यातायातको साधनले बस बिसौनी वा तोकिएको स्थान बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा ५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
३. सवारीसाधनले ध्वनी प्रदूषण गरेमा १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
४. सवारीसाधनले वायु प्रदूषण गराएमा १ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।
५.सवारी साधन वा व्यक्तिले बाटोमा माटो, बालुवा तथा हिलो खसाली फोहोर गरे/गराएमा ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १८ अंकले घट्यो

२०८२ श्रावण १२ गते, आईतवार

नेप्से ३.७६ अंकले बढ्यो

२०८२ श्रावण ९ गते, बिहीबार