नेप्से १८ अंकले घट्यो

काठमाडौँ । नेप्से १८.४४ अंकले घटेर २९६४. २० विन्दुमा रोकिएको छ । आज ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज समता घरेलु लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जीको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज नारायणी डेभलपमेन्ट बैंकको सेयर मुल्य ६.३४ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको एक अर्ब २ करोड ३ लाख ३५ हजार बराबरको र एन्गाडी ग्रुप पावर लिमिटेडको ८८ करोड ९० लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।