आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ श्रावण १३ गते, सोमबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज बिहानदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्लो समय दुई वटा केन्द्रमा पछिल्लो २४ घन्टामा सय मिलिमिटरभन्दा माथि वर्षा भएको छ। सिन्धुपाल्चोककको नुर्पुगाउँ केन्द्रमा १२२.२ र धनकुटाको त्रिवेणीमा ११२.६ मिलिमिटर वर्षा भएको छ।
सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]