वैज्ञानिक समाजवाद नै सच्चा समाजवाद
समाजवादी क्रान्तिको उद्देश्य उत्पादक शक्तिहरुलाई मुक्त पार्नु हो । कृषि तथा घरेलु उद्योगमा व्यक्तिगत स्वामित्वबाट समाजवादी, सामुहिक स्वामित्वमा र निजी उद्योग तथा वाणिज्यमा पूँजीवादी स्वामित्वबाट समाजवादी स्वामित्वमा हुने परिवर्तनले उत्पादक शक्तिलाई बृहत् मुक्ति दिनु अवश्यम्भावी छ । – माओ त्सेतुङ, सर्वोच्च राजकीय सम्मेलनमा भाषण (जनवरी २५, १९५६)
समाजवाद सर्वहारा वर्गको अधिनायकत्व सहितको वैज्ञानिक सर्वहारा वर्गीय राज्यसत्तासम्बन्धी शब्दावली हो । त्यसैले “समाजवाद” विश्व सर्वहारा वर्ग, सम्पूर्ण श्रमजीवी काम गरी खाने, परिश्रम गरी खाने अर्थात् श्रमशक्ती बिक्री गरी खाने श्रमिक विश्व जनसमुदाय र उत्पीडित राष्ट्रहरुका लागि जनप्रिय, कर्णप्रिय शब्द हो भने शोषक, शासक तथा उत्पीडक वर्गका लागि उनको मुटुमा ढ्याङ्ग्रो ठोकाउने शब्द हो । किनभने महान् लेनिनको नेतृत्वमा सन १९१७ अक्टोबर २५ रुसी नयाँ क्यालेन्डर अनुसार ७ नोभेम्बर १९१७ सम्पन्न समाजवादी क्रान्तिले विश्व मै पहिलोपटक पूँजीपति वर्गको प्रतिक्रियावादी राज्यसत्तालाई माटोमा पुरेर त्यस ठाउँमा सर्वहारा वर्गको नेतृत्वमा वैज्ञानिक समाजवादी राज्यसत्ता खडा गरेको थियो र पूर्वी युरोपका २० औं देशहरूमा सोभियत मोडेलको समाजवाद लागु गरिएको थियो ।
त्यस्तै कमरेड माओ त्सेतुङको नेतृत्वमा सन् १९४९ अक्टोबर १ का दिन सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको सामन्तवर्ग, दलाल तथा नोकरशाही पूँजीवादी वर्गको प्रतिक्रियावादी सत्तालाई चिनियाँ माटोमुनि पुरेर जनताको जनवादी राज्यव्यवस्था स्थापना गरेर जनताको जनवादी अधिनायकत्व सहितको जनगणतन्त्रात्मक राज्यव्यवस्था निर्माण गरेर सन् १९५६ देखि चीनलाई वैज्ञानिक समाजवादमा प्रवेश गराइएको थियो । त्यस्तै भियतनाम, उत्तर कोरिया, कम्वोडिया, क्युवा आदि देशहरूमा नयाँ जनवाद एवम् समाजवादी क्रान्तिहरु सम्पन्न गरेर सम्बन्धित देशका प्रतिक्रियावादी, पूँजीवादी राज्य व्यवस्थालाई जमिनमुनि पुरिएको थियो । यसर्थ तत्कालीन अवस्थामा विश्व जनसंख्याको एक तिहाई जनसंख्या कम्युनिस्ट शासन व्यवस्थाको झण्डामुनि गोलबन्द हुन पुगेका थिए ।
ती विश्व क्रान्तिहरुले श्रमजीवी वर्गलाई मुक्ति दिलाए जनता नै देशका मालिक बन्ने अवसर प्राप्त भएकाले । विश्व श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रहरु नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति र व्यवस्था प्रति आकर्षित हुनु स्वाभाविक थियो ।
यसरी महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक युगान्तकारी परिघटना थियो, जसको सकारात्मक प्रभाव विश्वभरी प¥यो र संसारका विभिन्न मुलुकहरु कम्युनिस्ट पार्टीहरु गठन, पुनर्गठन हुन पुगेका थिए ।
रुस, चीनलगायतका देशहरूमा लागु गरिएको समाजवादी व्यवस्थामाथि प्रतिक्रान्ति भएर पूँजीवादको पुनस्र्थापना भएको भए पनि महान् नयाँ जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्तिका इतिहासहरु विश्व मानव जनसमुदायमा ताजै छ वर्ग रहेसम्म वर्गसंघर्ष, वर्गीय मुक्ति आन्दोलन जारी छ । र, आज विश्व सर्वहारा वर्ग, श्रमजीवी जनसमुदाय र उत्पीडित वर्गको हातमा माक्र्सवाद–लेनिनवादी–माओवाद जस्तो वैज्ञानिक हतियार रहेको र पथप्रदर्शन सशक्त एवं धारिलो वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्त अरु विकसित हुँदै गएको वर्तमान अवस्थामा विश्व जनसमुदाय वर्गीय मुक्ति संघर्षमा लामबद्ध छन् ।
यही परिवेशमा रहेको नेपालमा पनि महान् नेपाली क्रान्तिको नेतृत्व गर्ने महान् उद्देश्यका साथ कमरेड पुष्पलालको नेतृत्वमा २००६ साल बैशाख ९ गते (सन् १९४९ अप्रिल २२) दिन भारतको कलकोत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । आज नेपाल कम्युनिस्ट आन्दोलनले ७६ वर्ष पुरा गरिसकेको छ । तर, नेपालमा महान् नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन । हाम्रो देश अझैसम्म पनि अर्ध सामन्ती र नवउपनिवेशिक अवस्थामै छ । त्यसैले नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नुभन्दा पहिले महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अनिवार्य छ र जनगणतन्त्रात्मक व्यवस्था स्थापना गरी जनताको जनवादी अधिनायकत्व सहितको जनवादी राज्यव्यवस्था खडा गरेर मात्र नेपाललाई वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा प्रवेश गराइनेछ । त्यसपछि मात्र नेपाली जनता देशका मालिक बन्नेछन् । महान् नेपाली सर्वहारा वर्गको काँधमा यसप्रकारको गहन तथा ऐतिहासिक कार्यभार पुरा गर्ने काम बाँकी नै छ ।
महान् दश वर्षे जनयुद्धमाथि माओवादीको मुख्य नेतृत्वबाट प्रतिक्रान्ति भए पश्चात् नेपाली समाजलाई वैज्ञानिक समाजवादमा पुरातनवादी पु्¥याउने नेपाल कम्युनिस्ट पार्टीको लक्ष्य, उद्देश्य र नेपाली जनताका महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी व्यवस्था पुग्ने सुन्दर सपनाहरू चक्नाचूर बन्न पुगेका छन् ।
आज नेपाली कम्युनिस्ट आन्दोलन संसदवादी गैर कम्युनिस्ट ध्रूव र क्रान्तिकारी ध्रूव गरी दुई विपरीत ध्रूवमा विभाजित हुन पुगेको छ । संसदवादी ध्रूवले नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो, अब यही पश्चगामी, प्रतिक्रियावादी तथा भ्रष्ट संसदीय व्यवस्थाबाटै समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गरेर समाजवाद लागु गर्ने भनेर ठूलो हल्ला खल्ला मच्चाइरहेको छ । वामपन्थीसम्म नहेका, माक्र्सवाद– लेनिनवाद र माओवादसम्मको जामा पहिरिरहेका नव संशोधनवादको बाटो हुँदै प्रतिक्रियावादी सत्तामा पुगेर नेपाली जनतामाथि शासन गरिरहेका मात्रै होइनन् लुट भ्रष्टाचारमा चुर्लम्म डुबेका नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायतका नामधारी नक्कली कम्युनिस्ट पार्टीहरुले आगामी २०८४ को संसदीय निर्वाचनमा बहुमत ल्याएर सरकारमा जाने उद्देश्यले नेपाली जनतालाई झुक्याएर कम्युनिस्टहरूको नाममा भोट बटुल्ने उद्देश्यले “समाजवाद उन्मुख, समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने भनेर चर्को स्वरले कुर्लिदै गुलिया नारा फलाकी रहेका छन् । र, नेपाली जनताको बीचमा कम्युनिस्टहरू भ्रम छर्ने काम गरिरहेका छन् ।
अर्कोतिर क्रान्तिकारी ध्रूवमा क्रान्तिकारी भनिएका र कतिपय क्रान्तिकारी भनाइएका कम्युनिस्ट पार्टीहरु जो माओवादी आन्दोलनको विभाजित धार हो, उसले संसदवाद र भ्रष्ट संसदीय व्यवस्थालाई मान्दैन । वर्तमान संविधानलाई प्रतिक्रियावादी, पश्चगामी र कालो संविधान भन्दछ र त्यस भित्र पनि एउटा धार नयाँ जनवादी क्रान्ति कै कार्यक्रम, कार्यदिशाका साथ सही लाइनमा छ भने अर्को धारले नयाँ जनवादी क्रान्तिको कुरै गर्दैन र वैज्ञानिक समाजवादको नारा दिएको छ । यो धार पनि वर्तमान संसदीय व्यवस्था र प्रतिक्रियावादी कालो संविधानलाई मान्दैन । उ पनि नेपाली समाजको वर्तमान अवस्थाको वर्ग विश्लेषण गर्ने सवालमा भ्रममा र अलमल मै छ । यति हुँदाहुँदै पनि यो धार पनि क्रान्तिकै लाइनमा उभिएको छ ।
जहाँसम्म संसदवादी ध्रूवको धारा हो उसले समाज उन्मुख व्यवस्था निर्माण गर्ने भन्दै एमाले बाहेककाले “ समाजवादी मोर्चा) समेत बनाएर संगठित रुपमा नेपाली जनाएका बीचमा भ्रमको खेती गर्ने र २०८४ को संसदीय चुनावमा बहुमत ल्याएर सरकारमा पुग्नका लागि कम्युनिस्टहरूको प्रभावमा रहेका जनतालाई भर्याङ बनाउन ठूलो कसरत गरिरहेको छ ।
यो समुहले किन यसो गरिरहेको छ त भने उसले नजानेर, नबुझेर होइन कि जानीजानीकन महान् दश वर्षे जनयुद्धको जगबाट उठेको २०६२–३०६३ को जनआन्दोलनमासम्म आइपुग्ने बेला र महान् दश वर्षे जनयुद्धको मुख्य नेतृत्वले नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई स्थगित गरेर लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अंगीकार गर्ने बेलासम्म नेपाली जनताको जनसंख्याको ८० प्रतिशत भू–भाग कम्युनिस्टहरूको पक्षमा आइसकेको थियो । अहिलेसम्म पनि केही तलमाथि भएको भए पनि बहुमत जनताको समर्थन र लगाव कम्युनिस्टहरू प्रति नै रहेको छ । एकातिर नेपाली जनताले आफ्नो वर्गीय मुक्ति कम्युनिस्टहरूबाटै हुन्छ भन्ने कुरा राम्रोसँग बुझेका छन् भने अर्कोतिर नेपाली जनताले यिनै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई नै कम्युनिस्ट मान्दछन् । र, उनीहरूले संसदीय निर्वाचनमा यिनै नामधरी नक्कली कम्युनिस्टहरूलाई भोट खसाल्दै आएका छन् । यो धारा पनि विभाजित भएकाले नेपाली जनताको भोट सबैतिर बाँडिएकोले उनीहरूको बहुमत आउन सकेको छैन । यही कुरा बुझेर नै माथि उल्लेख गरिएका कम्युनिस्ट भनाइएकाहरुले “समाजवादी मोर्चा बनाएर जनता झुक्याउने र भोट बटुल्ने दाउपेजमा लागेका छन् ।
अहिले नेपालमा यही संसदीय व्यवस्थाबाट “समाजवाद उन्मुख” व्यवस्था ल्याउने भन्नेहरु कुनै नयाँ, नौला होइनन् । यिनीहरू “मिलेराँवादी” हुन । सन् १९०० तिर फ्रान्सका समाजवादी नेता अलेक्सान्द्रा यत्येन मिलेराँ (सन् १८५८–१९४३) ले संसदबाटै नयाँ जनवाद, समाजवाद ल्याउन सकिन्छ र ल्याउनु पर्दछ भनेर दोस्रो अन्तर्राष्ट्रियमा प्रस्ताव पेस गरेका थिए । संसदबाटै समाजवाद ल्याउनु पर्दछ भनेर कम्युनिस्ट अन्तर्राष्ट्रियमा विचार पहिलोपटक मिलेराँले राखेको हुनाले यसप्रकारको विचारलाई “मिलेराँवाद” भनिएको हो ।
तर, मिलेराँजमदका सिद्धान्तकार अर्थात् प्रतिवादक शास्त्रीय संशोधनवादका प्रतिपादक दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियका नेता एडवर्ड बर्नस्टिन हुन् । उनले यो विचार फ्रेडरिक एंगेल्स (१८२०–१८९५) को मृत्यु पश्चात् सन १८९६ तिर माक्र्सवाद पुरानो भयो भन्दै संशोधनवादमा फसिसकेपछि यो विचार अगाडि सारेका थिए । लेनिन र रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) द्वारा तत्कालै मिलेराँवादका विरुद्धमा वैचारिक जेहाद छेडिएको थियो ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको पूर्वबेला तेस्रो अन्तर्राष्ट्रियका नेता, जर्मन कम्युनिस्ट पार्टीका नेता कार्ल काउत्स्कीले पनि यही मिलेराँवादी विचार अर्थात् “संसदबाटै जनवाद र समाजवाद ल्याउन सकिन्छ” भन्ने विचार अगाडि सारेका थिए । लेनिनले काउत्स्कीको उक्त मिलेराँवादी विचारको विरोध र खण्डन मात्र गर्नु भएको थिएन “गद्दार काउत्स्की” भनेर पुस्तक नै लेख्नु भएको थियो ।
सन् १९५६ मा आयोजना गरिएको रसियन कम्युनिस्ट पार्टीको २० आँै महाधिवेशनमा ख्रुश्चेपले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्बन गर्दै तथा वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पूँजीवादको पुनस्र्थापना गर्ने जुन काम गरेका थिए, त्यो नै मिलेराँवादको असली रुप थियो । यही मिलेराँवादी विचारलाई अंगीकार गरेर सोभियत मोडेलको समाजवाद भित्र संशोधन वाद घुसाएका थिए । ख्रुश्चेपलाई आधुनिक संशोधनवादका पिता भनिन्छ ।
अहिले नेपालका “समाजवाद उन्मुख व्यवस्था ल्याउनु पर्छ” भन्नेहरु उनै मिलेराँ, काउत्स्की र ख्रुश्चेपका नयाँ नेपाली चेला मात्रै हुन् । वैज्ञानिक समाजवाद पक्षधर असल तथा सच्चा क्रान्तिकारी कम्युनिस्ट होइनन् । यसप्रकारको मिथ्या प्रचारबाजी र भ्रमबाट नेपाली जनतालाई मुक्त गराउन जरुरी छ ।
समाजवादका प्रकारहरु ः
यस आलेखमा समाजवाद भनेको के हो ? समाजवाद कति प्रकारका हुन्छन् ? भन्ने विषयमा छोटकरीमा प्रकाश पार्ने प्रयास गरिनेछ ।
विश्व सर्वहारा वर्गका महान् नेता, गुरु, माक्र्सवादका प्रतिपादक, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आविष्कारक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा सन् १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट जारी गर्नु भएको विश्वविख्यात “कम्युनिस्ट घोषणापत्र” मा उल्लेख गर्नु भए अनुसार (१)प्रतिक्रियावादी समाजवाद अर्थात् सामन्ती समाजवाद, (२) निम्न पूँजीवादी समाजवाद (३) रुढीबादी अथवा पूँजीवादी समाजवाद, (४) काल्पनिक समाजवाद र (५) सच्चा समाजवाद ।वैज्ञानिक समाजवाद ।
यसरी पाँच प्रकारका समाजवादका बारेमा उल्लेख गर्नु भएको छ ।
यी मध्येमा सच्चा समाजवाद अर्थात् वैज्ञानिक समाजवाद मात्रै विश्व सर्वहारा वर्गले अंगीकार गर्ने, प्रयोग गर्ने समाजवाद बताउनु भएको छ । – कम्युनिस्ट घोषणापत्र, माक्र्स–एंगेल्स, प्रकाशक ः प्रगति पुस्तक सदन, बागबजार, पृष्ठ ४७–५७, काठमाडौं, २०६४ साउन ।
यसरी अब नेपालका नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भन्ने गरेकोमा समाजवाद वैज्ञानिक समाजवाद नभएर “रुढीबादी अथवा पूँजीवादी समाजवाद” हो । जुन समाजवादको सैद्धान्तिक अवधारणा सन् १९०० तिर फ्रान्सका समाजवादी नेता एत्येन मिलेराँले अगाडि सारेका थिए र उनी पछि फ्रान्सको प्रतिक्रियावादी सरकारको राष्ट्रपति समेत भएर पतन भएर सिद्धिएका थिए ।
नेपालमा महान् नेपाली नयाँ जनवादी क्रान्ति पुरा गरेर मात्र वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्ने हुन्छ । यो भन्दा बाहेकका तर्क, छलफल र विचारहरु मात्र संशोधनवादी एवं अवसरवादीहरुले उठाउने कुरा हो ।
अधिनायकत्वको प्रश्न ः
राज्यसत्तामा अधिनायकत्वको प्रश्न नै प्रमुख विषय हो । जुन वर्ग राज्यसत्तामा पुगेको हुन्छ, त्यही वर्गको अधिनायकत्व हुन्छ । अधिनायकत्व भनेको सत्ता हो ।
सामन्ती तथा पू“जीपति वर्गको अधिनायकत्व ः
राज्यसत्तामा सामन्त वर्ग पुगेको बेला सामन्ती अधिनायकत्व हुन्छ भने पुँजीपति वर्ग सत्तामा पुगेको छ भने पुँजीवादी अधिनायकत्व कायम भएको हुन्छ ।
सर्वहारा वर्गीय अधिनायकत्व ः
विश्वा मानव समाजमा सर्वहारा वर्ग अन्तिम वर्ग हो र सबैभन्दा सचेत र संगठित वर्ग हो । क्रान्तिद्वारा सर्वहारा वर्ग राज्य सत्तामा पुगे पछि त्यस अवस्थामा सर्वहारा वर्गको अधिनायकत्व कायम हुन्छ । जस्तो कि लेनिनको नेतृत्वमा रुसमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको पछि रुसमा इतिहासमै विश्वासमा पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व कायम गरिएको थियो । रुसी जनता देशका मालिक बनेका थिए । किनभने त्यतिबेला सर्वहारा वर्ग रुसको केन्द्रीय सत्ता कब्जा गर्न सफल भएको थियो । सर्वहारा वर्ग शासन सत्ताको मालिक बन्न पुगेको थियो ।
त्यस्तै चीनमा माओ त्सेतुङको नेतृत्वमा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भए पछि मजदुर– किसानहरु अर्थात् चिनियाँ जनताहरु देशको मालिक बन्न पुगेका थिए र मजदुर– किसान वर्गको संयुक्त अधिनायकत्व कायम हुन गएको थियो चीनमा । सन् १९५६ मा चलाई वैज्ञानिक समाजवादी मुलुकमा प्रवेश गराइएपछि चीनमा आधुनिक मजदुर वर्ग विशाल चीनका मालिक बन्न पुगेका थिए । जहाँ–जहाँ नयाँ जनवादी एवं समाजवादी क्रान्ति सम्पन्न भएका ती देशहरूमा सर्वहारा वर्गको अधिनायकत्व कायम गरिएको थियो । जस्तो कि भियतनाम, उत्तर कोरिया, कम्वोडिया, क्युवा आदि देशहरूमा सर्वहारा वर्गको अधिनायकत्व कायम गरिएको थियो । र, महान् रुसी अक्टोबर समाजवादी क्रान्ति पश्चात् पूर्वी युरोपका २० देशहरूमा सोभियत मोडेलको समाजवाद लागु गरिए पछि ती देशहरूमा पनि विघटन हुनुभन्दा पूर्व सर्वहारा वर्गको अधिनायकत्व कायम गरिएको थियो । राज्य सत्तासम्बन्धी माक्र्सवादी–लेनिनवादी–माओवादी मान्यता यही नै हो । यो भन्दाभन्दै फरक ढंगले सोच्नु संशोधनवाद हो । चरम अवसरवाद हुन जान्छ ।
अहिलेसम्म नेपालमा नयाँ जनवादी क्रान्ति नै भएको छैन, यस प्रकारको वर्गीय विश्लेषण भएको देशमा समाजवाद लागु गर्नुपर्छ भन्ने विचार दृष्टिकोण नै संशोधनवादी विचार दृष्टिकोण हो ।
त्यसो भएर अहिले नेपालका संसदवादी कम्युनिस्टहरूले समाजवादका कुरा गर्न वाम अवसरवाद सहितको नाङ्गो संशोधनवादी विचार दृष्टिकोण हो । किनभने संसदीय व्यवस्था भनेको बुर्जुवा पूँजीपति वर्गको राज्य सञ्चालन गर्ने कानुनी पद्धति हो । त्यसैले संसदीय व्यवस्थालाई आफ्नो कार्यनीति बनाएकाहरुले समाजवादको गफ दिनु भनेको जनताका बीचमा भ्रमको खेती गर्नु र २०८४ को । संसदीय चुनावमा भोट बटुलेर बुर्जुवा संसदीय व्यवस्थामा पुग्ने र जनतामाथि शासन गर्ने चलाखी बाहेक अरु केही होइन ।
हालका संसदवादी कम्युनिस्टहरूले साँच्चिकै उनीहरू कै शब्दमा समाजवादी व्यवस्था स्थापना गर्न खोजेका हुन भने पहिलो नम्बरमा संसदीय व्यवस्थालाई त्याग्नु प¥यो । वर्तमान पश्चगामी, प्रतिक्रियावादी एवम् कालो संविधानका विरुद्धमा जानु प¥यो । तर संसदीय व्यवस्था मै बसेर समाजवादी व्यवस्था स्थापना गर्ने भन्ने गफ दिनु भनेको त नितान्त वाम अवसरवादी संशोधनवाद बाहेक अरु केही होइन ।
नयाँ ढंगको कम्युनिस्ट पार्टीको आवश्यकता ः
सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नका लागि नयाँ ढंगको क्रान्तिकारी पार्टी आवश्यक पर्दछ । त्योभन्दा पहिले नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीबिना क्रान्ति सम्भव हँुदैन । त्यसैले सर्वहारा वर्गलाई क्रान्ति सम्पन्न गर्न र अधिनायकत्व कायम गर्नका लागि नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । त्यसैले त यस विषयमा विश्व सर्वहारा वर्गका महान् नेता, चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष तथा माओवादका प्रवर्तक माओ त्सेतुङले भन्नुभएको छ, क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धति अनुसार बनेको पार्टीबिना, साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असंभव छ ।– माओ त्सेतु , संसारका क्रान्तिकारी शक्तिहरु एकगठ होऊ, साम्राज्यवादी आक्रमणका विरुद्ध जुध (नोवेम्बर १९४८) हो, कमरेड माओ त्सेतुङका भनाइहरु ज्यादै मनन्ग्यो छन् । क्रान्तिकारीहरुले वहाँबाट शिक्षा लिनै पर्दछ । नेपालमा महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नका लागि कमरेड माओत्सेतुङले भन्नुभए जस्तो क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता रहीरहन जरुरी छ । र, त्यसपछि पनि सर्वहारा वर्गको अधिनायकत्व कायम गरेर माओवादको दार्शनिक, सैद्धान्तिक एवं सांगठनिक निर्देशनमा नेपाली सर्वहारा वर्गको अधिनायकत्व निरन्तर वर्गसंघर्ष जारी राखेर वर्गबिहिरा, राज्यबिहिन वैज्ञानिक साम्यवादी समाजमा पुगेर नौलो संसार निर्माण गर्नका निम्ति नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यकता रहिरहनेछ । किनभने रुसमा लेनिनहरुले निर्माण गरेको नयाँ ढंगको क्रान्तिकारी रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) पार्टी नहुँदा त्यहाँ प्रतिक्रान्ति भएर पूँजीवादको पुनस्र्थापना भयो ।
त्यस्तै कमरेड माओ त्सेतुङले निर्माण गरेको नयाँ ढंगको क्रान्तिकारी चिनियाँ कम्युनिस्ट पार्टी वहाँको निधन पश्चात् नयाँ ढंगको क्रान्तिकारी चिनियाँ कम्युनिस्ट पार्टी नहुँदा चीन पनि प्रतिक्रान्ति भई पूँजीवादको पुनःस्थापना भयो ।
कमरेड माओ त्सेतुङले नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेको मात्र होइन, वहाँले पार्टी स्कुलिङलाई बढी महत्व दिनु भएको थियो । त्यति मात्र होइन माओले नेता कार्यकर्ताहरुलाई माक्र्सवादी– लेनिनवादी विचारद्वारा प्रशिक्षित तुल्याउने उद्देश्यले “अन्तर्विरोबारे” नामक दार्शनिक लेख लेख्नु भयो । कार्यकर्ताहरुलाई व्यवहारिक बनाउने उद्देश्यले “व्यवहारबारे” नामक सैद्धान्तिक लेख लेख्नुभएको थियो । त्यस्तै “उदारवादकारे”, मनोगतबारे लगायतका दर्जनौं लेखहरु लेखेर पार्टी नेता, कार्यकर्ताहरुलाई पार्टी स्कुलिङद्वारा प्रशिक्षित तुल्याउनु भएको थियोे ।
क्रान्तिका लागि र वैज्ञानिक समाजवाद निर्माणका लागि नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र परिचालन गर्ने कामको थालनी लेनिनले रुसबाट शुरु गर्नु भएको थियो ।
कमरेड हो चि मिन्ह, किम इल सङ, चे गवे भारा, फिडेल क्र्यास्त्रो, स्टालिन समेत नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र परिचालन गर्ने र क्रान्ति सम्पन्न गर्ने र समाजवाद निर्माण गर्ने सवालमा अतुलनीय योगदान गर्नु भएको थियो ।
यी शिक्षाहरु नेपालका संसदीय र गैर संसदीय कम्युनिस्ट पार्टीहरुले आत्मसात गरेको पाइदैन । पार्टी स्कुलिङ संसदीय पार्टीहरुलाई खासै आवश्यक छैन । आपूmलाई क्रान्तिकारी भन्दै आएका गैर संसदीय कम्युनिस्ट पार्टीहरुले पार्टी स्कुलिङको हल्ला त पिट्दै आएका छन् तर व्यवस्थित, व्यवहारिक र वैज्ञानिक ढंगले पार्टी स्कुलिङ गर्ने, साँच्चिकै नेता, कार्यकर्ताहरुलाई माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत सिद्धान्तले पार्टी स्कुलिङद्वारा प्रशिक्षित गर्ने कार्य योजनावद्ध ढंगले सञ्चालन गरिदैन । यिनै कारणले गर्दा कार्यकर्ताहरु दास र कारिन्दा जस्ता बन्दै जाने, नेताहरुलाई देवत्वकरण गर्ने, चाकडी र च्याप्लुसी र दलाली प्रथा बढ्दै गएको देखिन्छ । यसको परिणाम कार्यकर्ताहरु झोले बन्दै जाने, नेताहरु घोर अवसरवादी बन्दै जाने भएकाले नेपालमा लेनिन, माओहरुले भन्नुभएको र व्यवहारमै प्रयोगमा ल्याउने भएको नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र परिचालन हुन सकिरहेका छैनन् । नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट नबनेसम्म नेपालमा क्रान्ति असंभव छ ।
नेपालमा निर्माण गर्नु पर्ने समाजवाद भनेको वैज्ञानिक समाजवाद हो, जुन कार्ल माक्र्स–फ्रेडरिक एंगेल्सले सन् १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट घोषणा गरिएको विश्वविख्यात “कम्युनिस्ट घोषणापत्र” उल्लेख गरिएको “जर्मन समाजवाद अथवा सच्चा समाजवाद” नै आजको वैज्ञानिक समाजवाद हो । यो भन्दा अन्य तर्क वितर्क गर्नु भनेको नवसंशोधनवाद हो ।
(लेखकः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)