तिज लाग्यो आज दर खाने दिन

२०७१ भाद्र ११ गते, बुधबार

काठमाडौ, ११ भदौ । हरितालिका तिज अन्तर्गतको पहिलो दिन अर्थात दर खाने दिन आज दर खाएर तिजको सुरुवात हुदैछ ।तिजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर दरको रुपमा खाने प्रचलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोलि पल्ट निराहार व्रत बस्ने भएकाले अपघल्लो दिन दर खाने प्रचलन गरेहेको हो ।
घरघरमा खासगरी दूधबाट निर्माण गरिएका मिठामिठा परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरु यो दिन माछामासु वाहेक खिर, ढकने र सेलरोटी खाने गर्दछन् । आज विवाहित महिलाहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्दछन् ।
पैराणिक कथन अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाइँदै आएको पाइन्छ । आज दर खाएर ब्रत लिनेहरु भोलि विभिन्न तिर्थस्थल, मन्दिर तथा देवालयमा गइ शिव पर्वतीको पुजा उपासना गरेर तीज सम्वन्धि गीत, भजन र चुट्का गाएर यो वर्ष मनाउछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु