नेप्से परिसूचक ८.६२ अंकले बढ्यो

२०८२ श्रावण २० गते, सोमबार


काठमाडौँ । नेप्से परिसूचक ८.६२ अंकले बढेर २८६७ अंकमा कायम भएको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो । आज बैंकिङ ०.६८ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे । होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे ।
सिक्लेस हाइड्रोपावरको ५.७३, स्वेतगंगा हाइड्रोपावरको ५.१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशत मूल्य बढ्यो ।
अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ३.२६, नेपाल फाइनान्सको ३.१४ तथा सप्तकोशी विकास बैंकको ३.१४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु