महालक्ष्मी बैंकका पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

२०८२ श्रावण २७ गते, सोमबार


काठमाडौँ । महालक्ष्मी बैंकका चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । उनीहरुलाई करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा तत्कालनी शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका-७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर-९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका-३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका-१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा कर्मचारी पक्राउ परेका हुन् । उनीहरुले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रफमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पुर्‍याएको आरोप छ । चार जना कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पुर्‍याइएको भनी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनको मुल्य अहिलेसम्मकै उच्च

२०८२ श्रावण २४ गते, शुक्रबार

सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने !

२०८२ श्रावण २३ गते, बिहीबार

नेप्से परिसूचक १८.३० अंकले बढ्यो

२०८२ श्रावण २३ गते, बिहीबार