रूसको डोनबास क्षेत्र छाड्ने प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रूसको डोनबास क्षेत्र छाड्ने प्रस्ताव अस्विकार गर्ने बताएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा भेट हुनुअघि जेलेन्स्कीको भनाइ आएको हो । जेलेन्स्कीले युक्रेनको उपस्थिती विना हुने सम्झौताहरू मृत निर्णय हुने चेतावनी पनि दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी भुभागमा पुटिन र ट्रम्प भेट्न लागेकोमा समेत उनले असन्तुष्टि जनाएका छन् । डोनबास छाड्ने सम्झौता भएमा रूसले त्यसलाई भविष्यका आक्रमणका लागि प्रयोग गर्ने उनको भनाइ छ ।
युक्रेनको संविधानअनुसार भू–भागमा परिवर्तन गर्न जनमतसंग्रह आवश्यक पर्ने कुरा पनि उनले दोहोर्याएका छन् । जेलन्स्की आज ट्रम्प, युरोपेली नेताहरू, बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र नाटो प्रमुख मार्क रुटेसँगको भर्चुअल बैठकमा सहभागी हुने बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा कसैको भूमि साटासाट हुन सक्ने बताएका थिए । रुसले युक्रेनले डोनबासको बाँकी नियन्त्रण छाड्नु पर्ने सर्त अघि सारेको समाचारमा उल्लेख छ । युक्रेनको डोनबास, लुहान्स्क र डोनेट्स्क प्रान्त आंशिक रूपमा रुसले कब्जा गरेको छ ।
पछिल्लो समय रुस नयाँ आक्रमणको तयारीमा समेत जुटेको छ । – एजेन्सी