नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकियो

२०८२ श्रावण ३० गते, बिहीबार


काठमाडौँ । सरकारले नागढुङ्गा सुरूङ मार्गको दस्तुर तोकेको छ । निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा सुरूङ मार्गको दस्तुर मन्त्रिपरिषद्को बैठकले तोकेको हो । जसअनुसार कार/भ्यानहरू काठमाडौं आउँदा ६५ रुपियाँ र जाँदा ६० रुपैयाँ तोकिएको छ भने मिनी बस-ट्रक काठमाडौं आउँदा ११५ र बाहिर जाँदा ८० रूपैयाँ व्यवस्था गरिएको छ ।
त्यसैगरी बस र ट्रकको काठमाडौं आउँदा २६० रुपैयाँ तोकिएको छ भने बाहिर जाँदा २०० तोकिएको छ । त्यस्तै भारी उपकरणसहितका सवारी साधन काठमाडौं आउँदा ६०० र बाहिर जाँदा २५० रुपैयाँ तोकिएको छ । त्यस्तै सुरुङमार्गबाट मोटरसाइकल चलाउन भने नपाइने भएको छ ।
२.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्गको कुल लागत २२ अर्ब रहेको छ, जसमा जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.६२ अंकले बढ्यो

२०८२ श्रावण ३० गते, बिहीबार

नेप्से २६ अंकले घट्यो

२०८२ श्रावण २८ गते, मंगलवार