सुर्खेतमा विभिन्न पार्टी परित्याग गरी नेकपामा ४ जना प्रवेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले देशको नेतृत्व गर्नसक्ने सहि विचार बोकेको भन्दै माओवादी केन्द्र सहित विभिन्न पार्टी परित्याग गरी नेकपामा ४ जना प्रवेश गरेका छन ।
शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले देशको नेतृत्व गर्नसक्ने सहि विचार बोकेको पार्टी नेकपामात्र देखेको निश्कर्ष निकाल्दै पार्टी प्रवेश गरेको बताएका हुन ।
नेकपामा प्रवेश गर्नेमा कालिकोट पचलझरना गाउँपालिका ८ का पूर्व वडासदस्य तथा माओवादी केन्द्रका गाउँ कमिटी सदस्य मनऋषि संज्याल (महेन्द्र), कालिकोट पलाँता गाउँपालिका धौलागोहका माओवादी निकट व्यवसायी नयाँराम न्यौपाने, दैलेख घरभई सुर्खेतमा वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य तथा मजदुर संगठनको प्रदेश संयोजक प्रदिप माकुने र सुर्खेत वराहताल गाउँपालिकाकी माओवादी निकट महिला संगठनकी गाउँकमिटी सदस्य सावित्रा सुनार रहेका छन ।
उहाँहरु चारै जनालाई नेकपाका महासचिव विप्लव सीले पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन् । नप्रवेशीहरुले नेकपा भन्दा अरु कुनै पनि पार्टीले समाजवादी क्रान्ति पुरा गर्न नसक्ने देखेको बताएका छन । -बसन्त विक