विद्युत प्राधिकरणको नाफा ह्वात्तै घट्यो !

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नाफा ह्वात्तै घटेको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ । आ.व. २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन आ.व. २०८०/८१ को तुलनामा ३७.३२% ले कम रहेको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
आघिल्लो आव २०८०/ ८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहेको छ ।