कर्णाली प्रदेशमा सार्बजनिक बिदा

२०८२ भाद्र ४ गते, बुधबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज स्थापना तथा शहिद दिवस मनाउदैछ । यस अवसरमा प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।आज प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८१ चैत १७ को निर्णयअनुसार प्रदेश सरकारले बिदा दिएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]