अमेरिकी डलरको भाउ घट्यो

२०८२ भाद्र ४ गते, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १६२.१९ रुपैयाँ र बिक्रीदर १६२.८९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८७.६७ रुपैयाँ र बिक्रीदर १८८.४८ रुपैयाँ कायम छ ।
आज १० जापानी येनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.३४ रुपैयाँ र बिक्रीदर १९.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.८७ रुपैयाँ र बिक्रीदर ३३.०१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९९ रुपैयाँ र बिक्रीदर १०.०४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५४.२४ रुपैयाँ र बिक्रीदर ४५६.२१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु