विश्वकपको ड्र डिसेम्बरमा

२०८२ भाद्र ७ गते, शनिबार


काठमाडौँ । विश्वकपको ड्र आउँदो डिसेम्बर ५ मा वाशिङ्टनको केनेडी सेन्टरमा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को पुरुष फुटबल विश्वकपको ड्र डिसेम्बरमा वाशिंगटनमा हुने घोषणा गरेका हुन्। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा ४८ टोली सहभागी हुनेछन्। यसअघि विश्वकपमा ३२ राष्ट्र सहभागी हुन्थे।
फिफा अध्यक्ष जियानी इन्फान्तिनोले ट्रफीसहित ह्वाइट हाउसमा ड्रको घोषणा गर्दै ʻएक अर्ब दर्शकले हेर्ने विश्वकै ठूलो खेलकुद कार्यक्रमʼ भनेका छन्।
ड्रमा ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। यसमा समूहका शीर्ष दुई टोली र उत्कृष्ट ८ तेस्रो स्थान प्राप्त टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
ट्रम्पले भने- ʻयो सबैभन्दा ठूलो, सम्भवतः खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम हो।ʼ

प्रतिक्रियाहरु

[anycomment]