इजरायलद्वारा हुथीका अड्डामा हवाई हमला

काठमाडौँ । इजरायली सेनाले हुथीका अड्डामा हवाई आक्रमण गरेको बताएको छ। इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समार्फत बताएअनुसार उसले यमनको राजधानी सानामा हमला गरेको हो। इजरायली सेनाले भनेको छ, हुथी विद्रोहीहरूले प्रयोग गरिरहेका सानाका अड्डालाई निसाना बनाइएको हो। ती अड्डामा राष्ट्रपति भवन रहेको सैन्य क्षेत्र, धेरै पावर प्लान्ट र इन्धन भण्डारण छन्। इजरायली सेनाले इरान समर्थित हुथी विद्रोहीहरूले आफ्ना ‘आतंकवादी’ गतिविधिका लागि नागरिक संरचना प्रयोग गरिरहेको दाबी गरेको छ। – एजेन्सी