यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट भाद्र २४ गतेदेखि

काठमाडौँ । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु–१४टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट भाद्र २४ गतेदेखि असोज ८ गतेसम्म आयोजना हुने भएको छ । नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको समूह चरणर सेमि–फाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ । राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनिल अमात्यले उमेर समूहका खेलाडीले नै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने भएकाले यु–१४क्रिकेट आयोजना गरेको बताए ।प्रतियोगिताको फाइनल खेल तल्लो वा माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा हुने छ ।
प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टरबाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीबाट १ टिम सहभागी हुने छन् ।
सहभागीटिमलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुई टिमक्वार्टर फाइनलमा प्रवेशगर्ने आयोजकले जनाएको छ ।