सर्वहारा संस्कृति र कला – साहित्य
“संसारमा आज्ञ सबै संस्कृति, सबै साहित्य र कला विशेष वर्गका अधिनमा छन् र विशेष राजनीतिक दिशातिर हाँकिएका छन् । वास्तवमा कला कलाको निम्ति, वर्गहरु भन्दा माथिको कला, राजनीतिबाट अलग वा स्वतन्त्र कला भन्ने कुरा केही छैन । सर्वहारावादी साहित्य र कला सम्पूर्ण सर्वहारावादी क्रान्तिकारी उद्देश्यका एक भाग हुन् । लेनिनले भन्नुभए झै, ती सम्पूर्ण क्रान्तिकारी मेशीनका दाँती र पेच–किला हुन् ।”– माओ त्सेतुङ, “साहित्य र कला सम्बन्धि यनान–गोष्ठीमा प्रवचन” (मे १९४२)
सर्वहारा संस्कृति भनेको के हो ? आदि विषयमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
सर्वहारा संस्कृति भनेको यो संस्कृति हो, जसले विश्व सर्वहारा श्रमजीवी वर्गका सबै हितहरुलाई उजागर गर्दछ । यसले समाज, सामाजिक रितिथिति परम्परा र पुराना भेदभावपूर्ण सामाजिक सम्बन्धहरुलाई समूल नष्ट गरेर शोषित पीडित र विपन्न वर्गको प्राथमिकताको आधारमा नयाँ रीतिथिति, परम्परा, संस्कार, सामाजिक सम्बन्ध स्थापित गर्दछ र गर्ने प्रयत्न गर्दछ । त्यसमा अवरोध ल्याउने सबै कुराको विरुद्ध निर्मम संघर्ष गर्दछ ।
सर्वहारा संस्कृतिले सबै प्रकारका सामन्ती, पछौटे, पुरातनवादी पूँजीवादी विकृतिहरुसित निर्मम संघर्ष गर्दछ । सर्वहारा संस्कृतिको मुख्य लक्ष्य शोषण, शोषण प्रथा कायम गर्ने तरिकाहरु आम शोषित पीडित वर्गलाई पीर मर्कामा पार्ने, आफ्नो, आफ्नो मोजमस्ति, आफ्नो मनोरञ्जन आदिका लागि विपन्न वर्गका मान्छेलाई बाध्य बनाएर उपयोग गर्ने सामन्ती, पूँजीवादी र अवसरवादी क्रियाकलाप, संस्कार, संस्कृतिलाई ध्वस्त पार्नु हो ।
सम्पूर्ण मेहनतकस जनताका साथै सर्वहारा वर्गले आफ्नो हक, हित र स्वार्थ अनुरुप, सबै प्रकारका क्रियाकलाप, संस्कार र संस्कृतिको निर्माण गर्ने, संरक्षण गर्ने र तिनको विकास गर्ने काम सर्वहारा संस्कृतिले गर्दछ । त्यसैले माओ त्सेतङले भन्नुभएको छ, “हाम्रा सबै साहित्य र कला जन–समुदायको निम्ति हुन् र सर्वप्रथम मजदुर, किसान र सिपाहीहरुको निम्ति हुन् । ती मजदुर, किसान र सिपाहीहरुको निम्ति सृजिएका हुन् र उनीहरू कै उपयोगको लागि हुन् ।”– माओ त्सेतुङ, “साहित्य र कला सम्बन्धि यनान–गोष्ठीमा प्रवचन” (मे १९४२) हो माओ त्सेतुङले भन्नुभएको कुरा एकदम सही छ ।
सर्वहारा संस्कृतिलाई आम जनताका बीचमा पु¥याउने र समाजलाई क्रान्तिकारी रुपान्तरण गर्ने ऐतिहासिक दायित्व मात्र माक्र्सवाद–लेनिनवाद–माओवाद पथप्रदर्शन र मार्गदर्शक सिद्धान्तमा सञ्चालन गरिएको नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्दछ । कसरी भने नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी सर्वहारा वर्गको सँगठित राजनीतिक अग्रदस्ता हो र ऊ मिलिट्यान्स हुन्छन् । त्यस प्रकारको कम्युनिस्ट पार्टीसित जन सेना हुन्छ, राजनीतिक संयुक्त मोर्चा हुन्छ । ऊ जनताको बीचमा जन्मेर जनताको बीचमा भिजेको, हुर्केको हुन्छ । जनता र नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीका बीचमा नङ र मासुको सम्बन्ध हुन्छ ।
जनता र कम्युनिस्ट पार्टीको बीचमा सम्बन्ध, सम्पर्क टुट्दै गयो भने त्यहाँ प्रतिक्रान्ति हुन्छ । रुसी मोडलको समाजवाद र चिनियाँ समाजवादमाथि प्रतिक्रान्ति हुनुको मुख्य कारण कम्युनिस्ट पार्टी जनताको बीचबाट टाडिनु हो । यी समस्याहरुको समाधानका निम्ति माओ त्सेतुङ अगाडि भन्नु हुन्छ, “क्रान्तिकारी संस्कृति बहुसंख्यक जनताको निम्ति शक्तिशाली क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनु भन्दा अघि विचारधारात्मक रुपले भूमि तयार पार्छ र यो क्रान्तिको बेलामा व्यापक क्रान्तिकारी मोर्चामा साँच्चै आवश्यक, संघर्षशील एक मोर्चा हो ।”– माओ त्सेतुङ, “नयाँ जनवादका विषयमा” (जनवरी १९४०) ।
अतः माओले भन्नुभएका निर्देशन र शिक्षाहरुलाई आत्मसात गर्दै नयाँ ढंगको क्रान्तिकारी मालेमावादी कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । पार्टीका विचारहरु जनताको बीचमा पु¥याउने मुख्य दायित्व पार्टीका कार्यकर्ताहरुको हुन्छ । त्यसैले पार्टीले पार्टी स्कुलिङ मार्फत कार्यकर्ताहरुलाई माक्र्सवाद–लेनिनवाद–माओवादका आधारभूत सिद्धान्तहरुका विषयमा प्रशिक्षण गर्ने र गराई राख्नुपर्ने हुन्छ । त्यस पछि ती निपुण र दक्ष कार्यकर्ताहरुले पार्टी विचारहरुलाई जनताका बीचमा पु¥याउने काम गर्दछन् । त्यसैले आफ्ना कार्यकर्ताहरुलाई पहिलो नम्बरमा पार्टी स्कुलिङ गर्नुपर्ने हुन्छ । पार्टी स्कुलिङ गर्ने कार्य पार्टी नेतृत्वको लागि कष्टसाध्य काम भएकोले कम्युनिस्ट पार्टीहरूले पार्टी स्कुलिङ विरलै र झारा टार्ने काम गरेका हुन्छन् । नेपालका कम्युनिस्ट पार्टीहरु संकुलिङका विषयमा पछौटे छन् ।
ती समस्याहरुबाट मुक्ति पाउनका लागि कमरेड माओ त्सेतुङले यहाँनिर जो आदेश तथा शिक्षा जारी गर्नु भएको “साहित्य र कलाको क्षेत्रमा हाम्रा कार्यकर्ताहरुले यस कर्तव्यलाई अवश्य पुरा गर्नु पर्दछ र उनीहरूले आफ्नो पुरानो अडानलाई छोड्नु पर्छ । उनीहरूले मजदुर–किसान र सिपाहीहरुको पक्षमा, सर्वहारा वर्गको पक्षमा, उनीहरूका बीचमा गहिरिएर जाने क्रमद्वारा र व्यवहारिक संघर्षका बीच गहिरिएर जाने क्रमद्वारा क्रमशः आफ्नो पाइला चाल्नै पर्छ । यसरी मात्र हामीले साँच्चि नै मजदुर–किसान र सिपाहीहरुको निम्तिकै साहित्य र कला, साँच्चैको सर्वहारावादी साहित्य र कला पाउने छौँ ।”– माओ त्सेतुङ, “साहित्य र कला सम्बन्धी यनान गोष्ठीमा प्रवचन” (मे १९४२) ।
कमरेड माओ त्सेतुङका यी शिक्षाहरु आज पनि विश्व सर्वहारा एवं क्रान्तिकारी कम्युनिस्टहरूले आत्मसात गर्न जरुरी छ । एक नम्बरमा त नेपालका कम्युनिस्टहरू शिक्न र जीवन व्यवहारमा साँच्चिकै लागु जरुरी छ ।
लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।