इजरायलद्वारा गाजामा आक्रमण : पाँच जना सञ्चारकर्मीकाे मृत्यु

काठमाडौँ । इजरायलले गाजामा गरेको हमलामा परि पत्रकारसहित २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अल जजीरा र रोयटर्सका पत्रकार पनि रहेका छन् । दक्षिणी गाजास्थित नासर अस्पतालमा इजरायलले गरेको हमलामा कुल २० जना मारिएको र ती मध्ये पाँच जना सञ्चारकर्मी रहेको खुलासा भएको हो । मारिनेमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका क्यामनाम्यान रहेका छन् भने अमेरिकी टेलिभिजन एनबीसीका क्यामेराम्यान पनि मारिएका छन् ।
यस्तै एशोसियटेट प्रेस, अलजजिराका संवाददाता र क्यामेराम्यान पनि मारिएको पुष्टि भएको छ । हमास नियन्त्रित सिभिल डिफेन्सले आक्रमणमा इजरायली हमलामा थुप्रै सर्वसाधारण पनि मारिएको दाबी गरेको छ । दक्षिणी गाजास्थित मूख्य अस्पतालबाट धुवाँको मुश्लो निस्किएको भिज्योल सामाजिक सञ्जालहरुमा भाइरल भईरहेको छ ।
रक्ताम्य लुगा लगाएका चिकित्सकले मारिएका पत्रकारहरुबारे जानकारी दिएको भिडियो समेत सामाजिक सञ्जालमा आएको छ । इजरायली फौजले त्यस क्षेत्रमा आक्रमण गरिएको स्वीकार्दै निशानामा नरहेकाहरुको पनि ज्यान गएको हुनसक्ने बताएको छ । – एजेन्सी