पूँजीवादको अवसान र समाजवादको उदय

२०८२ भाद्र १७ गते, मंगलवार
जितेन्द्र सी

 

भुमिका

समाजवाद विगत पाँचसय वर्षयता सर्वाधिक बहसमा रहेको विषय हो । काल्पनिक समाजवाददेखि वैज्ञानिक समाजवादसम्म आइपुग्दा यो बारेको बहस चर्चाको शिखरमा रह्यो । कार्ल माक्र्स र फ्रेडरिख एङ्गेल्सले वैज्ञानिक समाजवाद र साम्यवादबारे संश्लेषण गर्दै सन् १८४८मा पहिलो पटक कम्युनिस्ट घोषणापत्र जारी गरेपछि विश्व जनमतको ध्यान समाजवादमा केन्द्रित रह्यो । पेरिस कम्युन हुँदै अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि त विश्वका दुई तिहाइ जनमतले समाजवादी सत्ताको प्रत्यक्ष अभ्यासमा सहभागिता पनि जनायो । अन्ततः ती समाजवादी सत्ताहरू टिकेनन् र पुनः पूँजीवादको विकास भयो । किन यस्तो भयो ? के कारणले समाजवाद ढल्यो ? के अब समाजवादको उदय संभव छ त ? छ भने कसरी आउँछ समाजवाद ? र, कस्तो समाजवादआदि विषयमा नै यो प्रारम्भिक अवधारणा पेश गरिएको छ ।

 के कारणले ढले समाजवादी सत्ताहरू ?

निश्चित रुपमा पूँजीवादको तुलनामा कैयौं गुणा सुन्दर, वैज्ञानिक र जीवनोपयोगी थियो समाजवाद । पूँजीवादले दिन नसकेको महिला र श्रमिक जनतालाई सङ्गठित हुने अधिकार, जनताको गास, बास, कपासको सुनिश्चितता, शिक्षा र स्वास्थमा विशेष अधिकार, ८ घण्टा काम, जीवन उपयोगी पारिश्रमिक, बच्चा र बुढाबुढीको स्याहार–सम्भारको सुनिश्चितता ग¥यो । राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्रको गुणात्मक विकास ग¥यो । प्रकृतिसँग समन्वय गर्दै नयाँ खोज र अनुसन्धान ग¥यो । विज्ञान र प्रविधिमा गुणात्मक विकास ग¥यो । कम्युनिस्ट घोषणापत्रमा उल्लेख गरिएका प्राय सबै अधिकारलाई सुनिश्चित ग¥यो । जनताले नयाँ शोषणविहिन सुन्दर र वैज्ञानिक समाजको प्रत्यक्ष अनुभूती गरे । यी सबै सकारात्मक विषयका बावजुद पनि समाजवाद टिकेन यसका खास दुई कारणहरू छन् ः

१. वस्तुगत कारण

वस्तुत समाजवाद पूँजीवाद र साम्यवादबिचको संक्रमणकालीन समाज हो । त्यसैले त्यहाँ सङ्घर्ष जारी रहन्छ । त्यसो भनेको हारजितको दुवै संभावना रहिरहन्छ । त्यसैले समाजवादमा हारको सम्भावना पनि वस्तुगत आधार नै हुन्छ ।

क) वस्तुत मुद्रा, पूँजी निजी स्वायत्तको विशेषताले पूँजीवाद जन्माउने आधार खडा ग¥यो ।

ख) समाजवाद विश्व पूँजीवादको घेराबन्दीमा प¥यो ।

ग) अधिकार खोसिएका बुर्जुवा वर्ग सयौं नयाँ तरिका अपनाउँदै पुनः आफै सत्तामा स्थापित हुन कोशिस ग¥यो ।

घ) पूँजीवादले चलाखिपुर्ण ढङ्गले सारतत्व पूँजीवाद नै कायम राखी समाजवादको केही विशेषतालाई आपूmमा समाहित ग¥यो र लोककल्याणकारी पूँजीवादमा परिणत ग¥यो तर समाजवादले पूँजीवादको प्रतिस्पर्धाको सकारात्मक विशेषतालाई आपूmमा समाहित गर्न सकेन ।

ङ) विज्ञान र प्रविधिको उपयोग समाजवादले गर्न सकेन । त्यसलाई पूँजीवादले श्रमिक जनताको हित विपरित दुरुपयोग गर्न सफल भयो ।

च) पूँजीवादले आफैभित्रको क्रान्तिलाई स्वीकार ग¥यो । तर समाजवादले त्यसो गर्न नसक्दा समाजवाद रुसी स्वरुपको समाजवादमा सीमित भयो । तर, प्रतिक्रियावादी पूँजीवादले आपूmलाई लोककल्याणकारी पूँजीवादमा विकास ग¥यो । जसले गर्दा परम्परागत रुसी स्वरुपको समाजवादको तुलनामा लोककल्याणकारी पूँजीवाद जनताका लागि प्रिय लाग्न थाल्यो । जसले गर्दा समाजवाद ढल्ने वस्तुगत आधार तयार पा¥यो ।

२. आत्मगत कारण

क) सर्वहारा जनवादको प्रयोगमा कमी सोभियत स्वरुपका समाजवादमा उन्नत जनवादको अभ्यासहरू भए तर क्रान्तिको रापताप सेलाउँदै जाँदा समाजवाद ‘डमी’ जनवादमा परिणत भयो । पार्टीएकाधिकार हुँदै नेताहरूको एकाधिकारमा परिणत भयो । अन्ततः सबै विषय केही नेतृत्वमा केन्द्रीकरण भयो । जसलाई जनता र पार्टीले स्वभाविक मान्दै जाँदा नेतृत्वमा आएको विचलनसँगै सजिलै प्रतिक्रान्ति भयो । जसले गर्दा समाजवादमा श्रमिक समुदायको जनवादलाई नयाँ र प्रभावकारी ढङ्गले संस्थागत नगरी सर्वाहारा जनवादलाई प्रभावकारी बनाउन सकिँदैन । ।

ख) विचारधारात्मक तथा साँस्कृतिक रुपान्तरणमा उदासिनता ः क्रान्तिपश्चात् राजनीतिक र संरचनामा फेरबदल हुन्छ र साँस्कृतिक रुपान्तरण तत्कालै बदलिंदैन । बुर्जुवा संस्कृतिले फैलाएका र झाङ्गियका जराहरूले बिस्तारै आर्थिक–राजनीतिक परिवर्तनलाई पछाडि तान्न्न खोज्दछ । त्यसबेला पर्याप्त ध्यान र पहल नपुग्दा बिस्तारै प्रतिक्रान्तिको आधार तयार पार्दै जान्छ । ठीक त्यसैगरी क्रान्तिपश्चात् विचारधाराको कामलाई कम महत्व र आर्थिक विकासलाई मात्र ध्यान दिंदा नेता–कार्यकर्ताको वैचारिक धरातल कमजोर हुन्छ । त्यसले सत्ता र पार्टीमा आउने स्खलनलाई जनताले पनि सजिलै खबरदारी गर्न सक्दैनन् । ठीक त्यसैबेला मौका छोपेर बसेको अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवादले नयाँ–नयाँ तरिकाबाट भीषण हमला गर्दछ । जसको प्रतिरोध गर्न नेता–कार्यकर्ता र जनता सबै चुक्दछन् । जसले गर्दा सजिलै अर्थात् बिनारक्तपात नै प्रतिक्रान्ति हुन्छ । यसलाई समाधान गर्न क्रान्तिपश्चात् मात्रै हैन, पार्टी निर्माणको प्रारम्भिक प्रक्रियादेखि नै विचारधारात्मक साँस्कृतिक अभियान चलाउनु पर्दछ । प्रतिक्रान्तिको शिक्षासहितको माक्र्सवादलाई जीवन व्यवहारमा अविछिन्न रुपले लागू गर्नु पर्दछ ।

समाजवाद फेरि आउछ ?

प्रतिक्रान्तिपछि पूँजीवादी शासकहरूले समाजवाद ढल्यो, माक्र्सवाद ढल्यो, अब यो कहिल्यै आउँदैन, विश्व एक ध्रूवीय भयो, पूँजीवादसँग प्रतिस्पर्धा गर्न सक्दैन जस्ता तर्क गर्न थाले । पूर्वी युरोप र खासगरी बर्लिनको पर्खाल ढलेपछि रुस र चीनमा प्रतिक्रान्ति भएपछि, पेरुमा गोन्जालोको गिरफ्तारी र नेपालमा जनयुद्धको उद्देश्यप्रति धोका भएपछि विश्वव्यापी रुपमा निराशा पैदा भए । साम्राज्यवाद र तिनका पिठ्ठुहरू खुसिले उन्मक्त भए । श्रमिक जनता र तिनका प्रतिनिधिहरूलाई होच्याउन थाले । समाज विज्ञानमा एउटा नयाँ बहस सिर्जना भयो । नयाँ–नयाँ अन्वेषण अगाडि बढे । विज्ञानको सबै शाखाहरूमा भएको विकास, विज्ञान र प्रविधिमा भएको विकास र त्यसले समाजमा विकास भएको प्रभाब र मनोविज्ञान पूँजीवादको टार्नै नसक्ने सङ्कट, जनताले गर्न थालेको नयाँ सामाजिक सम्बन्धको खोजि मुख्यतया समग्र उत्पादन प्रणालीमा भएको विकास हेर्दा पूँजीवादको अवसान अनिवार्य बनेको र त्यसको एकमात्र अनिवार्य विकल्प समाजवाद बनेको प्रष्ट देख्न सकिन्छ । त्यसलाई निम्न बुदँमा बुझ्न सकिन्छ ः

क) पूँजीवादमा देखापरेको वित्तीय सङ्कट हल गर्न मुख्यतया तेस्रो मुलुकमाथि थप शोषण बढाउनुपर्ने अनिवार्य हुन जान्छ । तेसो विश्वका जनताको चेतनाले अब त्यो संभव नै छैन । जसले गर्दा अनिवार्य रुपमा युद्धमा जानु पूँजीवादको बाध्यता बन्दछ । जुन पूँजीवादको मृत्युको आधार हो ।

ख) अमेरिकाको नेतृत्वमा एक ध्रूवीय विश्व खडा गरी शोषणको लुट मच्चाइरहेको सम्राज्यवादलाई विभिन्न आयामबाट (अर्थ, हतियार, प्रविधि र साँस्कृतिक चुनौती दिंदै बहुध्रूवीय विश्व निर्माण भएको छ । जसले एकलौटी शोषणलाई कडा चुनौती दिइरहेको छ । अमेरिका र उसको सहयोगीहरू एकपछि अर्को सङ्कटमा फस्दै गएका छन् । जसले गर्दा तेस्रो विश्व र मध्यम स्तरको विकसित देशहरूमा परिवर्तनको आँधिबेहरी मौलाउँदै गएको छ । यो सबै परिस्थितिको एकमात्रै समाधान चाहे जुनसुकै विधि वा तरिका प्रयोग गरेर होस्, समाजवादमै पुग्नु अनिवार्य बन्दै गएको छ ।

ग) पूँजीवादी देशहरूको आफ्नो स्वार्थको कारणले अबको विश्वमा कुनै पनि देशमा जुनै एक देशले मात्रै सजिलै हस्तक्षेप गर्न नपाउने स्थिति छ । जुन अन्तरविरोधको जगमा आन्तरिक रुपले विकास भइरहको समाजवादी सत्ताको भ्रूणले अनिवार्य संक्रमण गर्दछ ।

घ) २० औं शताब्दीसम्म साम्राज्यवादी तथा पूँजीवादीहरूको पहुँचमा रहेको विज्ञान र प्रविधि अब आम जनताको हातमा आइसकेको छ । जुन पूँजीवाद तथा साम्राज्यवादको चिहान खन्नको लागि बलियो आधार बनेको छ ।

ङ) विश्वमा मानिसलाई चाहिने उत्पादन यति प्रचुर मात्रामा विकास भएको छ, वस्तुको सञ्चितिको कारणले अर्थतन्त्र बलियो हुने पुरानो जमानको अन्त्य भएको छ । मानिसलाई चाहिने वस्तु अब सहज र सरल ढंगले पाउने वातावरण बनिसकेको छ । उत्पादनको हिसाबले मात्र हेर्ने हो भने वार्षिक उत्पादन मानव जातिलाई चाहिनेभन्दा बढी भइसकेको छ । त्यसले अब वितरणमा रहेको शोषणलाई ध्वस्त गर्ने बित्तिकै समाजवादी अर्थ व्यवस्था सजिलै हराभरा भएर अगाडि बढ्ने अवस्था रहेको छ ।

च) समाजवादी तथा साम्यवादीहरूको चेतानाको स्तर विगतमा अभ्यास गरिएको रुसी प्रयोगको सीमाबारे थाहा पाउने र सच्चाउने स्तरमा उठेको छ । रुपान्तरणको पहलकदमीको लागि यो एउटा बलियो आत्मगत कारण बनेको छ । नेपालको हकमा क. विप्लव सीले नेतृत्व गरेको नेकपाले त्यसलाई अभ्यासमा लगिसकेको छ । जुन नेपालमा र एकहदसम्म विश्वमा पनि गुणात्मक ढङ्गले विकास हुने अनिवार्य देखिन्छ । यी सबै तथ्यहरूलाई एक ठाउँमा ल्याउँदा अनिवार्य रुपमा समाजवाद पुनः उदय हुनेमा शतप्रतिशत विश्वस्त हुन सकिन्छ

 कसरी ल्याउने नेपालमा समाजवाद ?

सामन्यतया संसारका सबै निर्णायक समाजिक परिवर्तन बल प्रयोगद्वारा नै स्थापित हुँदै आएको छ । नेपाल पनि त्यसको अपवाद हुन सक्दैन । नेपालमा एकीकृत जनक्रान्तिको माध्यमबाट पुरानो दलाल संसदीय पूँजीवादी सत्ताको विघटन गरी वैज्ञानिक समाजवादको निर्माण हुनेछ । तर अहिले हामी वैज्ञानिक समाजवादमा पुग्नु अगाडि त्यसतर्फ उन्मुख हुँदै नेपाली विशेषतासहितको समाजवादमा पुग्ने रोडम्याप तयार गरिएको छ । जुन ३ तरिकाबाट स्थापित गर्न सकिन्छ ।

क) संविधानमा रहेको संसदीय लोकतन्त्रलाई हटाई समाजवादी गणतन्त्र स्थापन गर्ने, साथै यसै अवधारणामा आधारित भई आवश्यक सबै संविधानका धाराहरूलाई संशोधन गर्ने ।

ख) संसदीय पूँजीवादी व्यवस्थालाई कमजोर बनाउदै समाजवादी कार्यक्रम अगाडी बढाउदै जाने ।

ग) जनताको बल प्रयोगद्वारा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु