हुन्डाई कारखानामा छापा : ५ सय जना पक्राउ !

काठमाडौँ । अमेरिकाको अध्यागमनले जर्जियास्थित हुन्डाई कारखानामा छापामारी झण्डै ५ सय जनालाई पक्राउ गरेका छ । राष्ट्रपति डनल्ड ट्रम्पको दोस्रो कार्यकालकै सबैभन्दा ठूलो छापामा परेकामध्ये अधिकांश कोरियाली नागरिक रहेका छन् । कोरियाली कम्पनीले विद्युतीय सवारी साधन निर्माण गर्न करिब एक वर्षदेखि सञ्चालनमा ल्याएको कारखानामा छापा मारेर यति ठूलो संख्यामा पक्राउ गरिएको हो ।
यसप्रति दक्षिण कोरियाले गम्भीर चासो व्यक्त गर्दै दुःख समेत व्यक्त गरेको छ । उसले अमेरिकी सरकारलाई आफ्ना नागरिकहरूको अधिकारको सम्मान गर्न आग्रह गरेको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले धेरै लामो अनुसन्धानसंगै कारखानामा गैरकानुनी काम भइरहेको पुष्टि भएपछि छापा मारिएको दाबी गरेको छ । यो छापाले राष्ट्रपति डनल्ड ट्रम्पकै अभियानमा विरोधाभास देखिएको छ । उनको अमेरिकामा उत्पादन बढाउने, उद्योग खोल्न लगाउने र अवैध आप्रवासनमाथि कारबाही गर्ने योजनामा प्रभाव पर्ने देखिएको छ ।
साथै, उसको प्रमुख सहयोगी राष्ट्र सँगका सम्बन्धमा पनि तनाव सिर्जना गर्न सक्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले भने उनीहरु अवैध आप्रवासी भएका र अध्यागमले आफ्नो काम गरिरहेको बताएका छन् । – एजेन्सी