काठमाडौं उपत्यकामा कर्फ्यु केहि खुकुलो

२०८२ भाद्र २६ गते, बिहीबार


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कफ्यू जारी रहेको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ ।
सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कफ्र्यु आदेश रहने जनाएको छ ।
पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कफ्र्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको सेनाको भनाइ छ ।
निषेधाज्ञा तथा कफ्र्युको समयमा पनि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी, औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न दिने सेनाले जनाएको छ ।
सेनाले विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवातजावत गर्ने छुट समेत दिएको छ । योसँगै आजदेखि बैंक तथा वित्तीय संस्था पनि खुल्नसक्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु