सुन प्रति तोला २ लाख १५ हजार ८०० रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।